नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
३६ पटक हेरिएको
Shares
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने

सारांश

  • भारतले नेपालसँग सीमाबारे कुरा गर्नका लागि समेत शर्त राखेको खुलेको छ ।
  • नक्शाको विषय सुल्झिएपछि मात्र उसले नेपालसँग सीमाबारे कुरा गर्ने भएको हो ।
  • टाइम्स अफ इन्डियाका अनुसार भारतीय पक्षले सीमा विवादबारे कुरा अगाडि बढाउन चाहेन ।

भारतले नेपालसँग सीमाबारे कुरा गर्नका लागि समेत शर्त राखेको खुलेको छ । नक्शाको विषय सुल्झिएपछि मात्र उसले नेपालसँग सीमाबारे कुरा गर्ने भएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय पक्षले सीमा विवादबारे कुरा अगाडि बढाउन चाहेन । बरु नक्शाको मामला सुल्झिएपछि मात्र सीमाबारे कुरा गर्ने संकेत गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा भारतले सीमाबारे कुरा गर्न नक्शाको विषय सुल्झिनुपर्ने सन्देश दिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग नयाँ नक्शामा राखेपछि भारत त्यसप्रति असन्तुष्ट छ । परराष्ट्रमन्त्री ज्ञवालीले १३ माघसम्म गरेको भारत भ्रमणका दौरान सीमाको समस्या सुल्झाउने विषय अगाडि सारेका थिए । तर, भारतले सीमाबारे कुरा गर्न चाहेन ।

ज्ञवालीले सीमा समस्या समाधान गर्ने विषयलाई भ्रमणका दौरान दुईपटक उठाएका थिए । उनले सार्वजनिक रुपमा र पत्रकारहरुसँगको ब्रेकफाष्टसहितको भेटमा यो विषय उठाएका थिए । तर, भारतीय पक्ष सीमा समस्याबारे कुरा गर्न अनिच्छुक देखियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया
प्रहरी भर्ना छनोट जारी
प्रहरी भर्ना छनोट जारी
विश्व सुन्दरीको ताज अफ्रिकी युवती जोजिबीनीलाई
विश्व सुन्दरीको ताज अफ्रिकी युवती जोजिबीनीलाई
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
एमाले–माओवादी : जेठ पहिलो सातासम्म नयाँ पार्टी र नेतृत्व घोषणा
आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?
आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
पेट्रोलियम पदार्थ, अन्तर्रा्ष्ट्रिय बजारमा सस्तो, नेपालमा महँगो
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
चितवनमा साल्ट ट्रेडिङको सक्रियता: रोपाइँको याममा अनुदानकै मूल्यमा मल वितरण, पारदर्शिताका लागि सफ्टवेयर लागू गरिँदै
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…

तपाईंले छुटाउनुभयो कि?