सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम

सारांश

  • काठमाडौं, २५ असार ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय निर्णय र गतिविधिहरुलाई “स्वतन्त्रता विरोधी” र “स्वेच्छाचारी” भन्दै मानवअधिकार तथा शान्ति समाज मैदानमा ओर्लिएको छ ।
  • समाजले यही असार २६ गते (भोलि)देखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय निर्णय र गतिविधिहरुलाई “स्वतन्त्रता विरोधी” र “स्वेच्छाचारी” भन्दै मानवअधिकार तथा शान्ति समाज मैदानमा ओर्लिएको छ । समाजले यही असार २६ गते (भोलि)देखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

समाजका सभापति डा. गंगाधर पराजुलीद्वारा जारी विज्ञप्तिमा असार २६ गतेदेखि आन्दोलन शुरु हुने बताइएको छ । असार २६ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि दिउँसो १ बजे धर्ना प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता हुने बताइएको छ ।

त्यसैगरी असार ३० गते शनिवार १ बजे प्रधानमन्त्री निवास बालुवाटार ३ नम्बर गेट अगाडि दोस्रो विरोध प्रदर्शन तय गरिएको छ । असार ३२ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर संसद भवन अगाडि तेस्रो प्रदर्शन गरिने र साउन १ गतेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ । ती नागरिक सभाहरुलाई समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको विज्ञप्तिमा जनाइएको छ ।

साउन महिनाभर गरिने प्रदर्शनसहित दर्जनौं कार्यक्रमहरुको प्रारुप चाँडै सार्वजनिक हुने विज्ञप्तिमा उल्लेख छ । “नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानवअधिकार कुण्ठित हुनेगरी कतिपय निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन प्रक्षेपण गरेको हो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
काठमाडौं महानगरपलिकाको ,महिनामा  खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च  !
काठमाडौं महानगरपलिकाको ,महिनामा खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च !
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
गृहले १६ जना एसएसपीको नाम डिआइजीका लागि सिफारिस, को को परे नाम सहित
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
निजी विद्यालय र मन्टेश्वरीलगायत शैक्षिक संस्थाहरुलेे शिक्षाको नाममा व्यापार
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?