सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सिरहामा एमाले नेताको घर पुरै रक्ताम्मे, नेताको घाँटी रेटेर हत्या .

सारांश

  • २४ असोज– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ ।
  • कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो।
  • घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो ।

२४ असोज– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो।

घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो ।  काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए। कर्जन्हा नपा १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मेवार बनेर पराजित साहको सोमबार मध्यरातमा हत्या भएको स्थानीय एमाले नेता जगदिश महतोले जानकारी दिनुभयो ।  ‘घटना स्थल हेर्दा मुर्छित हुने अवस्था छ। पुरै घर रक्ताम्मे बनेको छ’ महतोले भन्नुभयो । साहको हत्याले गाउँ शोकमा डुबेको छ।

सिरहाका प्रहरी प्रमुख तथा एसपी कोइरालाका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उहाँको हत्या गरेका छन्। हत्या कसले र किन गरेको विषयमा अझै खुल्न सकेका छैन । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको उहाँले वताउनुभयो । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?