वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वाइडबडी प्रकरणको प्रतिवेदन लेखा समितिमा आज विस्तृत छलफल हुँदै

सारांश

  • काठमाडौं, २० पुस ।
  • सार्वजनिक लेखा समितिले नेपाल वायुुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा उपसमितले बुझाएको प्रतिवेदनमा आज छलफल गर्ने भएको छ ।
  • जहाज खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको ठहर गर्दै उपसमितिले बुझाएको प्रतिवेदनमाथि संसदीय समितिको पुर्ण बैठकमा छलफल सुरु हुन लागेको हो ।

काठमाडौं, २० पुस । सार्वजनिक लेखा समितिले नेपाल वायुुसेवा निगमको वाइडबडी खरिद प्रकरणमा उपसमितले बुझाएको प्रतिवेदनमा आज छलफल गर्ने भएको छ ।

जहाज खरिदमा चार अर्ब ३५ करोड अनियमितता भएको ठहर गर्दै उपसमितिले बुझाएको प्रतिवेदनमाथि संसदीय समितिको पुर्ण बैठकमा छलफल सुरु हुन लागेको हो । बैठक बिहान ११ बजे संसद सचिवालयमा बोलाईएको छ ।

बैठकमा उपसमिति प्रतिवेदनमाथि विस्तृतमा छलफल गरिने समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृण्णप्रसाद देवकोटा, प्रेमकुमार राई र संकर प्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई दोषी ठहर गरेको थियो । उपसमितिको प्रतिवेदनमा असहमती जनाउँदै सरकारले पुर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।

वाइडबडी प्रकरणमा व्यापक अनियमितता देखिएको समाचार प्रकाशित भएपछि खरीद गरिएका दुई वटा एयरबस विमानका बिषयमा जाँचबुझ गर्ने क्षेत्राधिकार सहित मन्त्रीपरिषदले उच्चस्तरीय न्यायिक समिति गठन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?