प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
प्रहरीले गोली हानी लुटेरा सदस्यका एक जना पक्राउ गर्यो

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने गिरोहका एक सदस्यलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
  • आज अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने गिरोहका एक सदस्यलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

आज अत्तरखेलमा गोली हानेर प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको हो । प्रहरीले पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको हो ।

तामाङको खुट्टामा गोली लागेको छ। तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गरी १ लाख ७० हजार लुटेका थिए । त्यसैगरी उनले २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए।

प्रहरीले तामाङसहित नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?