सीता दाहालको शोकमा प्रधानमन्त्री र परिवार
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई असार ३० गतेसम्म स्थगित गरेका छन्।
- पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई असार ३० गतेसम्म स्थगित गरेका छन्।
पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनका सपरिवार शोकमा छन्। पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्डको परिवार शोकमा परेको हो।
पत्नी वियोगमा परेका प्रधानमन्त्री प्रचण्डले सरकारी तवरका सम्पूर्ण कार्यक्रम आगामी ३० गतेसम्म स्थगित गरेका छन्। तर श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्नेहरुका लागि भने प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट गर्नुभएको प्रधानमन्त्रीको पारिवारिक श्रोतले उल्लेख गरेको छ।
समवेदना प्रकट गर्ने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने छन्।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको निधनमा नेकपा माओवादी पार्टीले दुई दिन शोक मनाउने निर्णय गरेको छ। यसक्रममा पार्टीको सबै जिल्ला पार्टी कार्यालय र केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धान्जली कार्यक्रम गरिएको छ।
स्वर्गीय सीता दाहालको अन्त्येष्टी हिन्दु परम्परा अनुसार गरिएको थियो। प्रधानमन्त्रीका आफन्त बुद्धि जिसीका अनुसार, प्रधानमन्त्री प्रचण्डले पत्नी सिताको निधनमा ४ दिन र छोरी बुहारी र आफन्तहरुले ७ दिनसम्म शोक मनाउने छन्।
प्रधानमन्त्री प्रचण्ड र स्वर्गीय सिता दाहालको तीन छोरी र एक छोरा मध्ये छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइसकेको छ।
यसैगरी दुई बुहारीहरु सृर्जना त्रिपाठी र विना मगर छन्। जेठी बुहारी सृर्जना पोखरामा बस्दै आएकी थिइन् भने राजनीतिमा सकृय कान्छी बुहारी विना मगर काठमाडौंमा छन्। स्वर्गीय सिताको छोरी पट्टी ५ वटा नातिनी र १ नाति छन् भने छोरातर्फ बिना र सृजनाको १-१ वटा छोरा गरी ८ नातिनातिना छन्।
प्रतिक्रिया