गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
सारांश
- गौतम बुद्धको जन्मस्थल लुम्बिनी वरपर ठूलो सहर बसाउने योजना सरकारले अगाडि बढाएपछि जनस्तरमा त्यसको विरोध भएको छ।
- सरकारले विस्तृत योजना सार्वजनिक नगरेको भए पनि लुम्बिनीलाई केन्द्रमा राखी सुरुमा चार किलोमिटर क्षेत्रमा व्यवस्थित सहर बसाल्ने लुम्बिनी विकास कोषका अधिकारीहरूको भनाई छ ।
- सरकारले काम सुरु गर्न लागेको भन्दै स्थानीय बासिन्दालाई सहयोग गर्न यसै साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलीले आग्रह गरेको थियो।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी वरपर ठूलो सहर बसाउने योजना सरकारले अगाडि बढाएपछि जनस्तरमा त्यसको विरोध भएको छ। सरकारले विस्तृत योजना सार्वजनिक नगरेको भए पनि लुम्बिनीलाई केन्द्रमा राखी सुरुमा चार किलोमिटर क्षेत्रमा व्यवस्थित सहर बसाल्ने लुम्बिनी विकास कोषका अधिकारीहरूको भनाई छ ।
सरकारले काम सुरु गर्न लागेको भन्दै स्थानीय बासिन्दालाई सहयोग गर्न यसै साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको टोलीले आग्रह गरेको थियो। तर स्थानीय बासिन्दाहरुले उक्त योजनाप्रति आपत्ति जनाएका थिए ।
लुम्बिनी क्षेत्रका प्रदेश सांसद फखरुद्दीन खानका अनुसार सरकारले एकतर्फी रूपमा काम अगाडि बढाएको भन्दै सर्वसाधारण आक्रोशित भएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया