बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका

सारांश

  • काठमाडौं, २३ वैशाख- वेलायती संसदको ६ सदस्यीय प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणका लागि आज आइतवार काठमाडौ आउँदैछ ।
  • संघीय संसदको बैठक शुरु हुने दिन निगेल इभान नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो ।
  • सो प्रतिनिधिमण्डलले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिययसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उर्जा-जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, महिला बालबालिका तथा सामाजकल्याण मन्त्री थममाया थापा, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल, कामु प्रधानन्यायधीश दीपकराज जोशी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

काठमाडौं, २३ वैशाख- वेलायती संसदको ६ सदस्यीय प्रतिनिधिमण्डल ६ दिने नेपाल भ्रमणका लागि आज आइतवार काठमाडौ आउँदैछ । संघीय संसदको बैठक शुरु हुने दिन निगेल इभान नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो ।

सो प्रतिनिधिमण्डलले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिययसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उर्जा-जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन, महिला बालबालिका तथा सामाजकल्याण मन्त्री थममाया थापा, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषाल, कामु प्रधानन्यायधीश दीपकराज जोशी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सो प्रतिनिधिमण्डलले आफनो भेटवार्ता सोमबारदेखि शुरु गर्नेछ । वेलायती संसदको प्रतिनिधिमण्डलमा विरेन्द्र शर्मा, डभिड मोरिस, केरी म्यक्यार्थी लर्ड बाल्फे र लर्ड ढोलक्या रहेका छन् । नेपाल र वेलायत वीच कुटनीतिक सम्बन्ध स्थापना भएको द्धिशतबाषिर्कीका अवसरमा दुवै देशको संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदान गर्ने क्रममा यो भ्रमण हुन लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

पूर्व सभामुख ओनसरी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दुई बर्ष अघि वेलायतको भ्रमण गरेको थियो । प्रतिनिधिमण्डलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका उपनेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रतिनिधिमण्डले काठमाडौ दरवार स्क्वायर, धादिंगमा भुकम्पपछिको पुननिर्माणका बारेमा स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । धादिङमा मेयर भीमप्रसाद ढुंगानासँग पनि प्रतिनिधिमण्डलले छलफल गर्नेछ भने काठमाडौ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेल र आयोगका सदस्यहरुसँग अन्तरक्रिया गर्नेछ । विश्व बैंक र बाह्य विकास साझेदारका प्रतिनिधिहरुसँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“1win Uzbekistan ⬅️ Rasmiy Sayti Bukmekerlik Kompaniyasining Recambios De Mecanismo Sobre Obra Pública Excel Project Guidance Templates
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ
सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
दशैमा टीका लगाइदिँदा भनिने श्लोकको अर्थ र विशेषता के हो तपाइलाई थाहा छ ?
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
एकदमै खराब ब्याटिङका कारण ओमनसँग नराम्रोसँग हार्यो नेपाल
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी
३७ नेपाली महिलाहरुकाे उद्धार, यी हुन नेपाली मानव तस्करी

तपाईंले छुटाउनुभयो कि?