सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका

सारांश

  • १३ फागुन, काठमाडौं ।
  • संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ ।
  • सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्‍याउने विषयमा भोटिङ गरेका थिए ।

१३ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सीरियामा ३० दिनसम्म युद्धविराम गर्ने सहमति भएको छ ।

सुरक्षा परिषदका सबै १५ सदस्यले युद्ध प्रभावित क्षेत्रमा सहायता र मेडिकल सुविधा पुर्‍याउने विषयमा भोटिङ गरेका थिए ।

 

यस हप्ताको शुरुआतमा सीरियाको राजधानी नजिकको गुटा क्षेत्रमा सीरियाका सेनाले बमबारी गरेका थिए । विद्रोहीले नियन्त्रणमा लिएको सो क्षेत्रमा आक्रमण गर्दा धेरै सर्वसाधारण मारिएका थिए । यस कारवाहीलाई रोक्ने उद्देश्यले सुरक्षा परिषदमा भोटिङ भएको थियो । यद्यपि युद्धविराममा सहमति जुटे पनि हवाई हमला जारी छ ।

यसअघि युद्धविरामको प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा लामो बहस भयो । बिहीबार पेश भएको युद्ध विरामको प्रस्ताव रुसले अस्वीकार गरेको थियो । त्यसको चर्को आलोचना भएको थियो । रुसले सीरियाका सरकारलाई समर्थन गर्दै आएको छ ।

संयुक्त राष्ट्र संघमा अमेरिकी प्रतिनिधि निकी हेलीले भनेका छन् संघर्ष विरामको तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्छ । यद्यपि सीरियाले संघर्षविरामलाई लागू गर्न तयार हुनेमा शंका व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघमा रुसका प्रतिनिधि विताली चुर्किनले संघर्षविरामको पालन तबसम्म सम्भव हुँदैन जबसम्म संघर्षरत दुवैपक्षले त्यसलाई स्वीकार गर्दैनन् ।

सीरियाको संघर्षलाई नजिकबाट हेर्दै आएको बि्रटेनस्थित अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार शनिबार अबेर राति सुरक्षा परिषदमा युद्धविरामको सहमति भएको केही मिनेटमै पूर्वी गुटामा हवाई हमला भएको थियो ।

अब्जरभेटरी फर ह्युमनराइट्सका अनुसार एक हप्ताको अवधिमा सीरियाको गुटा क्षेत्रमा पाँच सय जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पूर्वी गुटाका जनता नारकीय जीवन जिउन बाध्य भइरहेको बताउँदै आएका छन् ।अन्लाईन खबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?