एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
२२ पटक हेरिएको
Shares
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो।

काठमाडौँ । एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा आज बिहान ११ः०० बजे बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा अब उपराष्ट्रपति, उपसभामुखलगायतका संवैधानिक पद साथै प्रदेशमा प्याकेजमा सहमतिमा टुङ्गो लगाउने तथा सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल हुन बताइएको छ ।

आइतबारको बालकोट बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने र साढे २ वर्षको आलोपालोमा माओवादी/एमालेले प्रधानमन्त्री लिने सहमति भइसकेको छ ।

अहिलेको नयाँ सत्ता समीकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीसहित साट दल र दुई स्वतन्त्र सांसद सहभागी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance register

    I don’t think the title of your enticle matches the content lol. Just kidding, mainly because I had some doubts after reading the enticle. https://accounts.binance.com/en/register?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?