दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने

सारांश

  • चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।
  • जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो ।
  • प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने भएकाले सशस्त्रलाई राजमार्ग सुरक्षाको जिम्मा दिइएको हो ।

चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने भएकाले सशस्त्रलाई राजमार्ग सुरक्षाको जिम्मा दिइएको हो ।

राजमार्ग क्षेत्र अवरोध तथा बन्द गर्न नपाइने निर्देशिक जारी भइसकेको, राजमार्गमा सवारी चाप बढ्दै गएको र सबै सडक खण्डमा सुरक्षाका लागि खटिन जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको प्रहरीको जनशक्ति अपुग भएकाले सशस्त्र प्रहरी बललाई खटाइने निर्णय गरिएको बस्नेतले बताए । सडक यात्राको सुरक्षालाई ध्यानमा राखेर जिल्लामा रहेका बाहिरी राजमार्ग र भित्री सडक खण्डमासमेत सशस्त्र प्रहरीलाई परिचालन गर्नेगरी निर्णय गरिएको छ ।

दशैँ, तिहार, छठलगायत पर्वमा नेपाल प्रहरीको जिम्मेवारी धेरै हुने र मुख्य राजमार्गमा सशस्त्रले गस्ती गरिदिँदा धेरै सहज हुने अनुमान गरिएको छ । जिल्लाको मकवानपुरको सिमाना लोथल खोलादेखि धादिङ र चितवनको सिमाना मौवाखोलासम्मको सडक क्षेत्र मुख्य राजमार्ग हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले राजमार्ग क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिँदा जिल्लाको शान्ति सुरक्षामा थप बल पुग्ने बताए । जिल्ला प्रहरी अन्तर्गत ३३ वटा स्थायी पोष्ट र ६८ वटा अस्थायी पोष्ट रहेका छन् ।

जिल्लामा ९३ किलोमिटर राजमार्ग, ३०८ किलोमिटर पक्की सडक, १ हजार ३२० किलोमिटर ग्राभेल सडक र ५५५ किलोमिटर कच्ची सडक गरी दुई हजार १८३ किलोमिटर सडक रहेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड
सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा
स्थानीय तहको निर्वाचनमा काँग्रेसले बाजी मार्ने : गगन थापा
गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने
गोरखामा प्रत्येक घण्टामा मतगणना सार्वजनिक हुने
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
दर खाँदा नौ बिरामी
दर खाँदा नौ बिरामी
चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !
चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !

तपाईंले छुटाउनुभयो कि?