सुक्का मानोमा अनु र हिमाल
सारांश
- नेपाली कथानक चलचित्र सुक्का मानो चाडै नै पर्दशनमा आउने भएको छ | रतन देवी सिने प्रोडक्सन प्रा.
- लि.
- तथा अनुराधा इन्टरनेस्नल प्रा.
नेपाली कथानक चलचित्र सुक्का मानो चाडै नै पर्दशनमा आउने भएको छ |

रतन देवी सिने प्रोडक्सन प्रा. लि. तथा अनुराधा इन्टरनेस्नल प्रा.ली. को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र राई समुदाय र थापा काजी समुदाय बिच को द्वन्द को बिषयबस्तु मा आधारित रहेको छ । चलचित्र “सुक्का मानो”लाई निर्मात्री अनु शाह , नायक हिमाल राई स्वयम निर्माण ले गरेका हुन | हिमाल राई लगाएत चलचित्र मा नायिका सन्चिता लुइटेल , सुशिल पोख्रेल ,सिवानी अधिकारी ,उपसना नेमबाङ्ग ,मिन तामाङ्ग्, राम तामाङ्ग ,राधिका तामाङ्ग ,राज मान राई ,कर्ण नेपाली ,तथा जापनिज पावर रेन्जर का नायक को समेत अभिनय रहेको छ ।

चलचित्र लाई तुलशी बास्कोटाले निर्देशन गरेका छन भने सङ्गीत राजिब साह , श्रीकृष्ण बम मल्ल ले भरेका छन ,नृत्य नारायण रिजाल, द्वन्द राजु किरात , गीत अनु शाह , गणेश सुबेदी को रहेको छ भने चलचित्र लाई ह्यारी महर्जन ले खिचेका छन । अहिले चलचित्रको पोस्टप्रोडक्सन काम काठ्मान्डौको स्टुडियो म्याजिकमा अन्तिम चरणमा रहेको चलचित्रका नायक तथा निर्माता हिमाल राई ले जानकारी गराएका छन । चलचित्र मा उत्कृष्ट गीत , द्वन्द दमदार रहेको पनि बताए चलचित्रको छायान्कन सिन्धुली र मकवानपुरको रमणिय स्थानमा भएको हो|
प्रतिक्रिया