फिफा बरियतामा नेपाल एक स्थान तल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२० पटक हेरिएको
Shares
फिफा बरियतामा नेपाल एक स्थान तल

सारांश

  • काठमाडौँ, १३ मङ्सिर , विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
  • आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२ औँ स्थानमा पुगेको छ ।
  • गत महिना नेपाल १६१ औं स्थानमा थियो ।

काठमाडौँ, १३ मङ्सिर , विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२ औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो ।

बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ आँैं, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ आँैं स्थानमा रहेका छन् ।

नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इङ्ग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौँ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

(riverbendgolfcomplex.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?