सुत्केरीलाई खुवाउने आइरन चक्की किशोरीलाई खुवाइने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सुत्केरीलाई खुवाउने आइरन चक्की किशोरीलाई खुवाइने !

सारांश

  • काठमाडाै, ७ असार ।
  • सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की कालिकोटका किशोरीलाई पनि खुवाइने भएको छ।
  • जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकाका किशोरीलाई आइरन चक्की निरन्तर खुवाउने तयारी गरेको हो।

काठमाडाै, ७ असार । सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की कालिकोटका किशोरीलाई पनि खुवाइने भएको छ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जिल्लाका तीन नगरपालिका र छवटा गाउँपालिकाका किशोरीलाई आइरन चक्की निरन्तर खुवाउने तयारी गरेको हो।

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य चौकीअन्तर्गतका किशोरीलाई आइरन चक्की खुवाउन अभिमुखीकरण कार्यक्रम गरिएको छ। खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र सेजुवालका अनुसार नगरपालिकाका सबै विद्यालयका शिक्षक तथा छात्राछात्रालाई अभिमुखीकरण गरेर असार १० गतेदेखि किशोरीलाई प्रत्येक हप्तामा तीन चक्कीका दरले आइरन चक्की खुवाउन शुरु गरिने छ।

कालीकोटका ग्रामीण क्षेत्रमा आइरन चक्की सुत्केरी अवस्थामा मात्र खुवाउने गरिएको थियो। तर अधिकांश सुत्केरीले आइरन चक्की नखाने गरेकाले किशोरीबाट नै शुरुवात गर्दा प्रभावकारी हुने विश्वास नगरपालिकाले लिएको छ।

आइरन चक्कीले महिलाको स्वास्थ्यमा सुधार गर्ने भएकाले नगरपालिकाका सबै वडामा अभियानको थालनी गर्न लागिएको उपमेयर विजया विष्टले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?