वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’

सारांश

  • नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ ।
  • ’ विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए ।
  • एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म ।

नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ ।’

विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए । एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म ।’

‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ?’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन ?’

नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो । सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?