सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

सारांश

  • पाल्पा।
  • पाल्पामा एक सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
  • पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप गएराति आर्गिडाँडा ओढारेमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

पाल्पा। पाल्पामा एक सुत्केरी बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप गएराति आर्गिडाँडा ओढारेमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका ८ का यानीसरा गाहा, वर्ष ४० की बुमा कुमारी दर्लामी, वर्ष ७१ का रेवतबहादुर जीसी, वर्ष २४ की कुनीसरा रुचाल र जीप चालक २० वर्षीय वीरेन्द्र राना छन् ।

रुचालको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै र अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा माथागढी गाउँपालिका ८ कै सुरेन्द्र मर्साङ्नी, देवसिंह राना, शान्ता रुचाल घाइते भएका छन् । शान्ताको तीन दिनकी छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?