सार्वजनिक ठाउँमा यौनाङ्ग देखाएमा, यौन क्रियाकलाप गरेमा १ वर्ष जेल
सारांश
- शिखरन्युज ।
- अबदेखि कसैले पनि सार्वजनिक स्थानमा छाडा तरिकाले बसेमा जेल जानुपर्नेछ ।
- सार्वजनिक स्थानमा १० वर्षभन्दा माथिका व्यक्तिले यौनाङ्ग देखाएर, यौन क्रियाकलाप गरेर बस्न पाइने छैन ।
शिखरन्युज । अबदेखि कसैले पनि सार्वजनिक स्थानमा छाडा तरिकाले बसेमा जेल जानुपर्नेछ ।
सार्वजनिक स्थानमा १० वर्षभन्दा माथिका व्यक्तिले यौनाङ्ग देखाएर, यौन क्रियाकलाप गरेर बस्न पाइने छैन ।
त्यसैगरी सार्वजनिक ठाउँमा मानिसले देख्ने गरी यौन क्रिया गर्न पाइनेछैन । भोलि शुक्रबार अर्थात भदौ १ देखि कार्यान्वयनमा आउन लागेको कानुनमा यस्तो व्यवस्था गरिएको हो ।
अपराध संहिताको दफा १२२ अनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाएमा अपराध मान्दै ६ महिना कैद हुने व्यवस्था छ ।
‘स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द बोल्न वा इशारा गर्न हुँदैन’ कानुनमा लेखिएको छ ।
सार्वजनिक ठाउँमा यौनांग देखाउने, अश्लील बोल्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
अपराध संहिताको दफा १२३ अनुसार कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुँदैन ।
यदि कसैले कानुनले भनेको कुरालाई नमानेमा ‘त्यस्ता व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

सार्वजनिक उपद्रयाईं गर्न नहुने :
कसैले पनि उपद्याइँ गर्न पाउने छैनन् । छिमेकीलाई हैरान बनाउनेगरी कुनै पनि उपद्रो गर्न पाइनेछैन ।
कुनै काम गरी वा कानून बमोजिम गर्नु पर्ने कुनै काम नगरी छरछिमेक वा सर्वसाधारणलाई
कुनै प्रकारको हानि, नोक्सानी, क्षति वा खतरा पु¥याउन वा झिभ्mयाहट गर्न हुँदैन । यदि त्यसो गरेमा पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।
प्रतिक्रिया