सुनकाण्डकाे माैका छाेप्दै राजधानिमा गुण्डाहरू सक्रिय
सारांश
- काठमाडौं, २३ वैशाख।
- सिंगो प्रहरी संगठन सुनकाण्डको अनुसन्धानमा लागिरहँदा यहि मौका छोपेर अस्ताइरहेको गुण्डाराज पुनः सलबलाउन थालेका छन ।
- काठमाडौंको संगठित अपराधको दुनियाँमा आतंक मच्चाइरहने परिचित नाम सुकबहादुर लामा उर्फ बाघे लामा स्वयम्भू र बालाजु क्षेत्रमा आतंक फैलाइरहेका छन् ।
काठमाडौं, २३ वैशाख। सिंगो प्रहरी संगठन सुनकाण्डको अनुसन्धानमा लागिरहँदा यहि मौका छोपेर अस्ताइरहेको गुण्डाराज पुनः सलबलाउन थालेका छन ।
काठमाडौंको संगठित अपराधको दुनियाँमा आतंक मच्चाइरहने परिचित नाम सुकबहादुर लामा उर्फ बाघे लामा स्वयम्भू र बालाजु क्षेत्रमा आतंक फैलाइरहेका छन् ।
गुण्डाहरु प्रहरीको निशानामा पर्न थालेपछि केही समय भूमिगत जस्तै भएका बाघे लामा अब सेटिङ मिल्यो, कसैको डर नमानी आफ्नो काम हातमा लिनु भनेर सहयोगीहरुलाई भन्ने गरेको पाइएको छ ।परिस्थिति अनुसार मुसादेखि बाघसम्म बन्नसक्ने बाघे कुमार घैंटे इन्काउन्टर र समिरमान सिंह बस्नेत प्रहरी खोरमा परेपछि उनीहरुको सहयोगी र केही नयाँ युवाहरूलाई आफ्नो हातमा लिई प्रहरीकै सेटिङमा हप्ता असुली, ठेक्कापट्टा र घरजग्गा कारोबारीलाई धम्की दिई मोटो रकम असुल्दै आएको पाइएको हो ।
स्राेतका अनुसार काठमाडौंको बालाजु र स्वयम्भूका घरजग्गा कारोबारी र अन्य व्यापारीलाई धम्की दिएर मोटो रकम असुलिरहेको गुनासो आएपछि बाघे प्रहरीको खोजीको सूचीमा छन् ।
बाहिरी रूपमा सुस्त देखिएपनि भित्री धन्दा चलाउन नछाडेका बाघे बालाजुका ठेक्काको पुरानो धन्दादेखि इचंगुनारायणमा वार्षिक ६ करोडभन्दा बढी बजेट आउने उपभोक्ता समितिको अध्यक्ष समेत हडपेका बाघेले प्रहरी कारबाहीको सुचनाको लागि अपराध महाशाखाका कतिपय पुराना कर्मचारीलाई मोटो रकम बुझाउने गरेको प्रहरी स्रोत बताउँछ ।
बालाजु क्षेत्रका गुण्डा नाइके बाघे पछिल्लो समय सबैभन्दा सकृय रहेको प्रहरी बताउँछन् । राजनितिक पावरको आधारमा कहिले तत्कालीन वाइसीएल अध्यक्ष सागरसँग मित लगाएर माओवादी बने भने कहिले काङ्ग्रेस त कहिले एमाले बने ।
केही वर्ष अगाडि बालाजु वृतमा तत्कालीन डिएसपी कञ्चन थापालाई हातमा लिई आतंक मच्चाएका बाघेले डिएसपी थापा त्यहाँबाट सरुवा भएपछि केही आर्थिक सहयोग माग्न बाघेसँग पुगेका उनलाई आफ्नो पेस्तोल दिए एक घण्टामा करोड उठाउने वचन दिएको र यस्तै कारोबारको कारण पटकपटक उनलाई ब्ल्याकमेलिङ गरेपछि बाघेकै कारण डिएसपी थापाले आत्महत्या गरेको विभिन्न समाचारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
स्राेत भन्छ आसपास बस्ने तिब्बतियन शरणार्थीलाई धम्क्याएर बाघेले मोटो रकम असुल्ने गरेका छन् । उनले केही समय अगाडि स्वयम्भुको नामग्याल चोकमा दिउँसै कुटपिट गरि एघार लाख लुटपाट गरेका थिए ।
आफ्नो अनुकुल काम नगरेको भन्दै बाघेले केही समय अगाडि अपराध महाशाखाका तत्कालीन असई कुमार रानालाई मोटरसाइकलमा आएका १५/२० जना उनकै समूहले कुटपिट समेत गरेको थियो ।
केही वर्ष अगाडि एसएसपी रमेश खरेलसँग एउटै सोफामा समान हैसियतले बसेर सार्वजनिक कार्यक्रम गरेपछि स्वयम्भूका डिएसपी दयानिधी ज्ञवालीलाई खरेलले फोन गरि गुण्डाको कार्यक्रममा मलाई बोलाउने ?भन्दै बाघेलाई पक्राउ गरि हनुमानढोका ल्याउन निर्देशन दिएका थिए ।
तत्काल डिएसपी ज्ञावलीले आफ्नै गाडीमा राखेर हनुमानढोका पुर्याएपछि खरेलले सार्वजनिक अपराध अन्तर्गत उनलाई मुद्दा चलाएको विषयले खुबै चर्चा पाएको थियो । गुण्डाराजको अन्त्य गर्ने अठोट लिएका अपराध महाशाखा र प्रहरी परिसरको नयाँ नेतृत्वलाई बाघेको पछिल्लो गतिविधिले चुनौती दिएको छ ।
प्रतिक्रिया