आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष

सारांश

  • काठमाडौँ, १९ असार ।
  • सञ्चार क्षेत्रको सुधारका लागि अहिले बनेकै कानून र नीतिगत अवधारणा कार्यान्वयन गरिए पनि नेपाली पत्रकारिता क्षेत्रले पस्कने सामग्री इन्द्रधनुषजस्तो हुने विश्वास व्यक्त गरिएको छ ।
  • नेपाल पत्रकार महासंघ, समावेशी समितिले मंगलवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरुले सञ्चार क्षेत्रमा समावेशी अवधारणालाई मूर्तरुप दिन लक्ष्य निर्धारण गरेर कार्यक्रम अघि बढाउन सुझाव दिएका थिए ।

काठमाडौँ, १९ असार । सञ्चार क्षेत्रको सुधारका लागि अहिले बनेकै कानून र नीतिगत अवधारणा कार्यान्वयन गरिए पनि नेपाली पत्रकारिता क्षेत्रले पस्कने सामग्री इन्द्रधनुषजस्तो हुने विश्वास व्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासंघ, समावेशी समितिले मंगलवार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरुले सञ्चार क्षेत्रमा समावेशी अवधारणालाई मूर्तरुप दिन लक्ष्य निर्धारण गरेर कार्यक्रम अघि बढाउन सुझाव दिएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भइरहेका सञ्चार संरचनालाई कसरी समावेशी गराउने भन्ने हेतुले तयार गरिएको आमसञ्चार माध्यमसम्बन्धी मस्यौदाबारे छिट्टै सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी दिए । उनले भने, “महासघले प्रेस स्वतन्त्रताको विषयमा मात्र होइन, आम जनताको सरोकार र चासोलाई पनि उत्तिकै ध्यान दिनेछ ।”

उपसभापति दिलीप थापामगरले महासंघ मातहतका संरचनालाई समावेशी बनाउँदै लैजाने सन्दर्भमा समितिले दिने प्रतिवेदनलाई कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । सचिव शीतलप्रसाद महतोले आमसञ्चार क्षेत्रमा समावेशीका मुद्दालाई कार्यान्वयन गर्ने विषयलाई अभियानका रुपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा विन्दु तुलाधरले आमसञ्चारसम्बन्धी निर्माण भएका कानूनको प्रभावकारी कार्यान्वयन र सकारात्मक विभेदको नीति अवलम्बन गरिएको खण्डमा सञ्चार क्षेत्रमा पत्रकार महिलाको सहभागितामा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

पत्रकार खिम घलेले समावेशीको सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि, नेपाली समाजको बनोट र विश्वव्यापीकरणको प्रभाव समेतका आधारलाई विश्लेषण गरेर नेपालको आमसञ्चार क्षेत्रमा सुधार ल्याएर इन्द्रधनुषजस्तै बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । संविधानको प्रस्तावनामा बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्ने स्पष्ट उल्लेख भएअनुसार आमसञ्चार क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, मधेशी, अपांगता र सीमान्तकृत समुदायको उपस्थिति हुन आवश्यक रहेको धारणा उनको थियो ।

सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, सञ्चारिका समूहका नितु पण्डित लगायतले आमसञ्चार क्षेत्रलाई समावेशी बनाउन नीति अनुरुपको कानून बनाउन, सेवा प्रवेशमा समावेशी नीति अवलम्बन गर्न तथा पत्रकार महिलालाई प्रतिस्पर्धी र क्षमतावान बनाउन तालीम र प्रशिक्षणलाई समयानूकुल बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र प्रोत्साहन
एनआरएनएलाई टक्कर दिने अर्को संस्था जन्माउने पहल
एनआरएनएलाई टक्कर दिने अर्को संस्था जन्माउने पहल
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
Civil Service Day: PM urges employees to boost performance
Civil Service Day: PM urges employees to boost performance
नेपालसँग भुटान पराजित
नेपालसँग भुटान पराजित
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
इयूको सुझावप्रति बाबुरामको कटाक्ष : गुड र गोबर नचिन्नेले थुतुनो नचलाएकै वेश !
मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य
मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य