बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

सारांश

  • माधव बेल्वासे, कात्तिक १९ कपिलवस्तु (चन्द्रौटा) ।
  • सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ ।
  • कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेको छन ।

माधव बेल्वासे, कात्तिक १९ कपिलवस्तु (चन्द्रौटा) । सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेको छन । शिवराज नगरपालिकाले कात्तिक १५ गते सुचना जारि गर्दै आ व ०७५।०७६ को पहिलो चौमासिक सुरक्षा भत्ता वापतको रकम वैकका जम्मा गरिसकेको जानकारि गराएको छ ।सुचना जारी पछि अहिले चन्द्रौटामा रहेका आधा दर्जन वैकहरुमा भिड लाग्न थालेको छ ।

पहिले गाविश तथा हाल वडा वाट वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्न थालिएपछि नगरमा भत्ता लिने महिला पुरुषहरुले उनिहरुको सामाजिक भत्ता सुरक्षित भएको जनाएका छन् । कतिपय स्थानमा लक्षित समूहसम्म भत्ता नपुगीकनै दुरुपयोग भएको पाइएपछि सरकारले वैकिङ प्रणालीमार्फत भत्ता वितरण शुरु गरेको हो । सामाजिक सुरक्षा भत्तामा मृत व्यक्तिको नाममा समेत बाँडीने, परिवारकै सदस्यले रकम झिकेर सम्वन्धित व्यक्तिलाई नै नदिने, भत्ता आएको छैन भनेर फर्काइ दिने, परिचय पत्रमा फोटो धमिलो छ, नाम केरमेट छ भनेर दुःख दिने जस्ता समस्याहरु व्यहोर्दै आएका स्थानियहरु वैकिङ प्रणाली मार्फत वितरण भएपछी खुसी भएका छन । शिवराज नगरपालिका ५ चन्द्रौटा बस्ने रामी गिरीले वैक मार्फत भत्ता दिने भनेपछी खुसी भएको वताइन । कागजात सम्पुर्ण हुदा हुदै पनि आफ्ना मान्छेहरुलाई प्राथकिमता दिएर भत्ता वाड्ने हरुलाई भने भोली आउनुस भन्ने जस्तो व्याभार वडा कार्यलय वाट हुने भएकोले अहिले बैकमा निकाल्दा कुनै झन्झट नभएको गिरिले वताईन ।

७० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला, अपागंता भएका, विद्युवा,पुर्ण अशक्त अपांग ,अति अशक्त अपागं,लोपोन्मुख आदिवासी जनजाति, वालवालिका (दलित)का लागि सामाजिक सुरक्षा भत्ता प्रदान गरिदै आएको शिवराज नगरपालिकाले जनाएको छ । बैकमा खाता खोलीसकेकाले रकम लिन र खोल्न वाकि रहेकाले खाता खोल्न जानकारी गराएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । शिवराज नगरपालिका भित्र यस आर्थिक वर्षमा पहिलो चौमासीक पाउने जेष्ठ नागरिक(अन्य)२हजार २ सय १६,दलित जेष्ठ नागरिक ५ सय २३,एकल महिला २,विद्युवा महिला १ हजार ४ सय ४३ ,लोपउन्मुख आदिवासि जनजाति ५,पुर्ण अपांग अशक्त ६०,अति अशक्त अपांग १ सय ४७,जनजाति वालवालिका ६ सय ७८ जना गरि कुल ५ हजार ७४ जना रहेका छन ।

शिवराज नगरपालिका वडा न १ र १० लाई एन एम वि बैक चन्द्रौटा,वडा ५ लाई महालक्ष्मी बैक चन्द्रौटा,वडा ३ र ७ लाई जनता बैक चन्द्रौटा,वडा ४ र ९ लाई कामना सेवा विकाश बैक चन्द्रौटा वडा न ६ र ८ लाई शाईन रेसुगाा वैक चन्द्रौटा,वडा २ र ११ लाई गरिमा विकास बैक चन्द्रौटा तोकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी बिस्केकमा
मोदी बिस्केकमा
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
राजीनामा दिने छानविन समितिका सदस्य केसी पुनः काममा फर्कने गृहमन्त्री बादलकाे भनाई !
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
जेठ २७ गते सोमबारको राशीफल यस्तो छ, आज कुन राशीलाई के योग ?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
Trump to leave Singapore Tuesday: White House
Trump to leave Singapore Tuesday: White House

तपाईंले छुटाउनुभयो कि?