११ उपमहानगरमध्ये ६ वटाको नतिजा आयो, कसले कहाँ जित्यो
सारांश
- स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
- आइतबार बिहान ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
- ५ महानगर र ५ उपमहानगरसहित ५८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।
स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
आइतबार बिहान ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगर र ५ उपमहानगरसहित ५८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
विराटनगर महानगरपालिकाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसले बाजी मारेको छ।
कसले कहाँ जिते
जितपुर सिमरा उपमहानगरपालिका
- प्रमुख- राजन पौडेल (नेकपा माओवादी केन्द्र)
- उपप्रमुख- भोलाप्रसाद अधिकारी (नेकपा एमाले)
कलैया उपमहानगरपालिका
- प्रमुख- विनोदप्रसाद साह (नेकपा एमाले)
- उपप्रमुख- रौशन परविन (नेकपा एमाले)
घोराही उपमहानगरपालिका
- प्रमुख- नरुलाल चौधरी (नेकपा एमाले)
- उपप्रमुख- हुमाकुमारी डिसी (नेकपा एमाले)
नेपालगंज उपमहानगरपालिका
- प्रमुख- प्रशान्त विष्ट (नेपाली कांग्रेस)
- उपप्रमुख- कमरूद्दीन राई (जनता समाजवादी पार्टी)
हेटौंडा उपमहानगरपालिका
- प्रमुख- मीना कुमारी लामा (नेकपा (एकीकृत समाजवादी))
- उपप्रमुख- राजेश बानिया (नेपाली कांग्रेस)
बुटवल उपमहानगरपालिका
- प्रमुख- खेलराज पाण्डेय (नेपाली कांग्रेस)
- उपप्रमुख- सावित्रादेवी अर्याल (नेकपा एमाले)
प्रतिक्रिया