सुनकाण्ड: ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सुनकाण्ड:  ठूला ‘माछा’ सहित फस्ने भए यी भीआइपीहरू!

सारांश

  • काठमाडौं, १६ वैशाख ।
  • ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा गृह मन्त्रालयको छानविन समितिले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने भएको छ ।
  • बयानका लागि उनलाई छिट्टै समितिमा बोलाउने तयारी भएको छ ।

काठमाडौं, १६ वैशाख । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा गृह मन्त्रालयको छानविन समितिले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने भएको छ । बयानका लागि उनलाई छिट्टै समितिमा बोलाउने तयारी भएको छ ।

स्रोतका अनुसार आइतबार अपराध महाशाखा काठमाडौंका पूर्वप्रमुख एसएसपी दिवेश लोहनीको बयान लिए लगत्तै समितिले पूर्वआईजीपी अर्यालसंग बयान लिन लागेको हो ।

लोहनीले आफ्नो मातहतका प्रमुख पूर्वएआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन आईजीपी प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए । अर्यालको सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’सँग पटक– पटक फोनमा कनेक्सन भएको प्रमाण समितिले फेला पारेको छ ।

अर्यालकै सूचनाका आधारमा महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको थियो । जसले गर्दा अर्याल पनि शंकाको घेरामा परेका हुन्  दैनिक नेपालमा खवर छ। एसएसपी लोहनीले सुरुमा समिति समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए । महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको थियो ।

महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गर्‍यो । तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद र ठूलो आर्थिक चलखेलका रुपमा हेरिएको छ।

गत माघ नौ गते दुबईदेखि काठमाडौं उत्रिएको सुन गायब भएको थियो । मुख्य तस्कर गोरे उपनाममा चुडामणि उप्रेती फरार छन् । प्रहरीले नै ‘गोरे’ भगाउन सहयोग गरेको र शाक्य हत्या प्रकरणलाई सहज रुपमा दबाउने उद्देश्यले प्रहरीले सहजीकरण गरेको आरोप छानबिन समितिको छ।

समितिले त्रिभुवन विमानस्थलमा खटिएका तत्कालीन सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलासहित एसएसपी श्याम खत्री, एसपी विकास खनाल र डीएसपी सञ्जय राउतलाई बयानका लागि डाक्न प्रहरी मुख्यालयलाई पत्र काटेको थियो ।

खत्री फरार छन् भने हत्या र तस्करीमा संलग्न नरहेका तर, ‘गोरे’सँग फोन कनेक्सन रहेको आधारमा निरौला र खनाल अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

घटनाका मुख्य पात्र महाशाखाका सई बालकृष्ण सञ्जेल र डिएसपी सञ्जय राउत पनि थुनामा छन् । समितिमा शुक्रबार बयान दिएर मोरङ प्रहरीमा पठाइएका महाशाखाका डिएसपी प्रजित केसी पनि मोरङ प्रहरीको निगरानीमा बयान दिइरहेका छन् । उनी पनि थुनामा जाँदै छन् ।

सुन काण्डमा मुछिएका पूर्व आईजीपी प्रकाश प्रकाश अर्याल र एसएसपी दिवेश लोहनीलाई कारबाहीबाट जोगाउन पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, पूर्वएआईजी विजयलाल कायस्थ,  सुन तस्करी गर्दै आएको आरोप खेप्दै आएका एकजना चर्चित सून व्यवसायी लगायतका विवादास्पद व्यापारीहरूले प्रधानमन्त्री केपी ओलीदेखि गृहमन्त्री रामबहादुर थापासम्म ठूलो रकमको प्रस्ताव पठाएको स्रोतको दाबी छ ।

तर, यो प्रकरणमा प्रधानमन्त्री ओलीले विशेष चासो राखेका कारण अर्याल समूहको खेल सफल नहुने देखिएको छ । प्रकाश अर्याल फसेको खण्डमा आफूहरू पनि तानिने हुँदा यो समूहले उच्च तहमा निरन्तर सम्पर्क बढाइ चलखेल गरेको स्रोतले जनाएको छ । यही समूहले नै एसएसपी श्याम खत्रीलाई भगाएको आशंका गरिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Abhishek Gole

    Ok good…..

    Comment Author

    Sanjay Lama

    Kanoon bhanda mathi kunai vip wa CIP hunuvaneyna hudaina pani

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?