ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
ट्युनिसियामा आप्रवासी जहाँज पल्टिँदा चारको मृत्यु, ५१ बेपत्ता

सारांश

  • लन्डन।
  • ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन्।
  • एक प्रहरी अधिकारीका अनुसार जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताए।

लन्डन। ट्युनिसियाको केर्केना टापुमा एक आप्रवासी जहाज पल्टिँदा चार आप्रवासीको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन्।

एक प्रहरी अधिकारीका अनुसार जहाजमा रहेका सबै आप्रवासी उप सहारा अफ्रिकाका रहेको बताए। उनका अनुसार डुंगा पल्टिदा बेपत्ता भएकाे खाेजी कार्य जारी राखिएकाे छ। तटरक्षक देखी प्रहरी र जलसेनाहरू उनीहरू अझै जीवित रहेकाे अाशामा खाेजी कार्यलाइ तिब्र बनाइएकाे छ।

यस्तो घटना भएको यो पहिलो पटक भने होइन। मार्चमा पनि यस्ता घटनामा दुई दर्जनभन्दा बढीको ज्यान गएको थियो।

उत्तर अफ्रिकी देशहरूले यो वर्ष धेरै आप्रवासीहरू देखिरहेका छन्। आफ्नो ज्यान जोखिममा पारेर मानिसहरु डुङ्गाको सहारा लिएर यात्रा गर्ने गरेकाले डुंगा डुब्ने घटना बारम्बार सार्वजनिक भइरहेका छन्। देशका आन्तरिक मन्त्रीले जुलाईमा भनेका थिए कि ट्युनिसियाको तटरक्षकले यस वर्ष जनवरी १ देखि जुलाई २० सम्म आफ्नो तटमा डुबेका आप्रवासीहरूको ९०१ शव फेला पारेको छ, जुन देशको किनारमा अभूतपूर्व संख्यामा मारिएका छन्।

गत १६ जुलाईमा ट्युनिसिया र युरोपेली संघ (इयु) ले मानव तस्करहरू विरुद्ध लड्न र सिमाना कडा गर्न ‘रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गरेका थिए किनभने उत्तर अफ्रिकी राष्ट्रबाट युरोप जाने डुङ्गाहरूमा तीव्र वृद्धि भएको कारण ट्युनिसियाले लिबियालाई यस क्षेत्रको मुख्य प्रस्थान बिन्दुको रूपमा प्रतिस्थापित गरेको थियो।

युरोपमा राम्रो जीवनको आशामा अफ्रिका र मध्य पूर्वमा गरिबी र द्वन्द्वबाट भागेका मानिसहरूका कारण अहिले युरोपको टाउको दुखाई बनिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?