रुकुममा विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
रुकुममा विप्लव समूह  परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

सारांश

  • रुकुम , मंसिर ५ नेकपाका जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
  • मुसीकोट नगरपालिका वडा नं.
  • ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वाम गठवन्धनको चुनावी कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

रुकुम , मंसिर ५ नेकपाका जिल्ला समिति पश्चिम रुकुमका सदस्य हरिशंकर पाण्डेले सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मुसीकोट नगरपालिका वडा नं. ९ चौखावाङ होल्तारामा सोमवार आयोजित वाम गठवन्धनको चुनावी कार्यक्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्धकालीन भूमिगत राजनीति समेत गरेका पुराना कम्युनिष्ट नेता पाण्डेलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य वसन्त शर्माले अबिर आवरण तथा माल्र्यापण गरी पार्टी प्रवेश गराएका हुन् । नेता पाण्डेसँगै आधा दर्जन अरु नेता कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका पाण्डेले बृहत वामएकता मार्फत नेपालमा समाजवादी क्रान्तिलाई टेवा पुर्याउने उद्देश्यले आफूले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले आफूले विगतदेखि नै क्रान्तिकारी धाराको कम्युनिष्ट आन्दोलनमा श्रम र पसिना खर्चेको बताउँदै भ्रमवश विप्लवको पछि लागेका सबै नेता कार्यकर्ताहरु क्रान्तिकारी धारामा गोलवन्द हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा काँग्रेसमा आवद्ध कार्यकर्ताहरु पनि रहेका छन् । नेपाली काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा मुसीकोट नगरपालिका वडा नं. ९ साविक चौखावाङ गाविस वडा नं. १ का सरिता ओली, सुभद्रा खड्का, झुपा ओली लगायत रहेका छन् । उनिहरुले श्रमजीवी वर्गको हित कांग्रेसबाट सम्भव नभएकोले आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य वसन्त शर्मा कुशलले क्षमता अनुसार सम्मानजनक जिम्मेवारी दिई पार्टीमा क्रियाशील गराउने बताए  ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Udhav Upreti

    Sai bato khojaunu ta ramro ho.

    Comment Author

    यादब राजगुरु सल्यानि

    सहीगर्नु भो स्वागत छ

    Comment Author

    Bijay Gm

    swaagata chha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
Tips on how to Talk to Girls Online – The Helpful suggestions You Entirely Must Know Prior to Even Starting to Try
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालकाे व्रिफिङ – एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
तपाईको आज : यस्तो छ कात्तिक ५ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक ५ गतेको राशिफल
के गच्छदारलाई फसाइएकै हाे ?
के गच्छदारलाई फसाइएकै हाे ?
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित
सिंहदरबारका अघिकांश  कर्मचारीमा ‘ब्लडप्रेसर हाई’
सिंहदरबारका अघिकांश कर्मचारीमा ‘ब्लडप्रेसर हाई’