फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ७, २०८०
|
|
१८ पटक हेरिएको
Shares
फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी

सारांश

  • अर्घाखाँची ।
  • सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् ।
  • वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् ।

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् ।

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उनले भने, “अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।”

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक रु १६ लाखभन्दा बढी कमाउने गरेको उनले सुनाए । उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गर्नुभएको छ । अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?