सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर

सारांश

  • राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।
  • कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।
  • उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले रु एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

उनीहरुले रु एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै रु चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

गुट्खामा समेत राजश्व छली

यसैबीच कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–१ बस्ने देउती गुट्खा इण्डष्ट्रिजका सञ्चालक यज्ञबहादुर ओलीसमेतलाई राजश्व चुहावट गरेको अभियोगमा रु २५ लाख ९२ हजार बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

प्रचलित कानूनबमोजिम अन्तःशुल्क स्टिकर नलगाई सुर्तीजन्य वस्तु (गुट्खा) निष्काशन गरी बिक्री गरेको तथा अन्तःशुल्क स्टिकर नलगाई भण्डारण गर्ने कार्य गरी राजश्व छली गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
धेरैपटक “मारिएका” इस्पातले बनेका मान्छे– उपराष्ट्रपति पासाङ
हजुरआमाले नाति र नातिनी बुहारीलाई जेल पठाउँदै
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
बीमा गर्नेको सङ्ख्या बढ्न सकेन्
बीमा गर्नेको सङ्ख्या बढ्न सकेन्
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
नेपाल विश्वकप क्वालिफायरमा
नेपाल विश्वकप क्वालिफायरमा
नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला
नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !