सुन तस्करीको मुद्दामा प्रहरीले थप २ विरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ १० भदौ ।
  • संगठित सुन तस्करीको मुद्दामा प्रहरीले ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालक बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगाना विरुद्ध मुद्दा दायर भएको हो।
  • उनिहरु दुई व्यक्तिको पहिचान गरी मुद्दा दायर गरेको छ।

काठमाडौ १० भदौ । संगठित सुन तस्करीको मुद्दामा प्रहरीले ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालक बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगाना विरुद्ध मुद्दा दायर भएको हो।उनिहरु दुई व्यक्तिको पहिचान गरी मुद्दा दायर गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरु विरुद्ध मुद्दा दायर गरेको छ,पक्राउ परेका ५ जना सहित उनीहरुलाई प्रतिवादी बनाएर गत साता मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताएका छन् ।

 प्रहरीले भारतीय व्यापारी विमल पोद्दारसहित सैयद अकबर शाह, इस्तियाक आलम, राज दारुका र लक्षु गुरुङलाई २ महिनाअघि पक्राउ गरेको हो। सो समूहले एयरलाइन्सका कर्मचारीसँग मिलेर पछिल्लो ५ वर्षमा ३८ सय केजी सुन तस्करी गरेका थिए।

गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ परेका छैनन्। अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ। ग्रिनलाइन होलिडेका सञ्चालक हरुको  तस्करीमा लगानी भेटिएको स्रोत बताउँछ।

प्रहरीले बरामद गरेको डायरीमा उनीहरु सँगको हिसाबकिताब उल्लेख छ। उनीहरुविरुद्ध विस्तृत प्रमाण भने प्रहरी सग छैन। उनीहरुको ट्राभल एजेंसी  गत महिना नै शिल गरिएको हो उनीहरुसँगै सो प्रकरणमा मुद्दा दायर भएका अभियुक्तको संख्या ७७ पुगेको छ।

उक्त प्रकरणमा फरारमध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ दुबईमा लोकेट भइसकेका छन्। उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ,शाक्यको हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाही माथि गृहले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष अनुसन्धान टोली गठन गरेको थियो।

बिशेष अनुसन्धान टोलीले गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइसकेको छ।  टोलीले अरु  ३ सय भन्दा धेरै व्यक्तिहरु माथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?