बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
४४ पटक हेरिएको
Shares
बङ्गलादेश च्याम्पियन हुँदा नेपाल दोस्रो बन्यो

सारांश

  • काठमाडौँ ।
  • बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।
  • ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो ।

काठमाडौँ । बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो । बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे । राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
ओली र प्रचण्डले राष्ट्रपति भेटे
ओली र प्रचण्डले राष्ट्रपति भेटे
गणतन्त्रको विकल्प गणतन्त्र नै होः मुख्यमन्त्री यादव
गणतन्त्रको विकल्प गणतन्त्र नै होः मुख्यमन्त्री यादव
प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल
प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी