‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’: अर्थमन्त्री डा. खतिवडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’: अर्थमन्त्री डा. खतिवडा

सारांश

  • काठमाडाै,२६ वैशाख ।
  • अर्थमन्त्री युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् ।
  • ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्, सरकार पुँजी बजारको विकास र बिस्तारका लागि प्रतिबद्ध छ ।

काठमाडाै,२६ वैशाख । अर्थमन्त्री युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् । ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्, सरकार पुँजी बजारको विकास र बिस्तारका लागि प्रतिबद्ध छ ।’

‘देशभरि सेयर कारोबार गर्न सकिने वातावरण बनाउने हाम्रो योजना छ’, उनले भने, ‘धेरै नेपाली सेयरका मालिक हुन् भन्ने हाम्रो चाहाना छ । अब सेयर बजारमा बास्ताविक क्षेत्रका ठूला कम्पनी आउनु पर्छ, त्यसका लागि हामी निजी क्षेत्रका कम्पनीलाई उत्प्रेरित, सहज र बाध्य पनि पार्नेछौं ।’

१ करोड पुँजी भएका लघुवित्त विकास बैंक पुँजीबजारमा आउने तर अर्बौं नाफा कमाउने निजी क्षेत्रका कम्पनी पुँजी बजार नहुने अवस्था अब नरहने डा. खतिवडाले बताए ।

अर्थमन्त्रीले यस्तो भन्यो, त्यस्तो भने भनेर सेयर बजारलाई प्रभावित पार्ने समूह भएको भन्दै खतिवडाले जोखिम लिन सक्ने क्षमता अनुसार सेयरमा लगानि गर्न आग्रह गरे ।

‘तपाईंले कमाएको सरकारलाई दिनु पनि पर्दैन, तपाईलाई हुने घाटाको ग्यारेन्टी सरकारले गर्न सक्दैन’ उनले भने । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको प्रथम पुँजीबजार प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले लगानीका नयाँ विकल्प उपलब्ध गराउने सम्बन्धमा सरकारले काम गरिरहेको बताए ।

बुधबार भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी बिहीबारसम्म चल्ने छ । प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धित सेयर ब्रोकर, मर्चेन्ट बैंकर, नेपाल स्टक एक्सचेञ्ज लगायतको सहभागिता रहेको छ ।

(Belbuca)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Narayan Shrestha

    सरकारको काम सुनका डल्ला तोक्ने पो होला त?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
खेल समाचार : हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै
राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई
राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई
घरायसी विवादमा छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ
घरायसी विवादमा छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
युरोपमा गुडियारानी
युरोपमा गुडियारानी
बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा
लगानी सम्मेलन आजदेखि : ७७ वटा परियोजना प्रस्तुत हुने
लगानी सम्मेलन आजदेखि : ७७ वटा परियोजना प्रस्तुत हुने

तपाईंले छुटाउनुभयो कि?