टिसर्ट (कबिता)

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०७४
|
|
६७६ पटक हेरिएको
Shares
टिसर्ट (कबिता)

सारांश

  • -नवीन प्यासी वर्षौँदेखी व्यस्त पसलको ठिक ढोका सामुन्ने ह्याङ्गरमा झुण्डिएको छ एउटा टिसर्ट ।
  • कोही आए ट्राइ गरे साइज मिलेन र फुकालेर त्यहीँ झुण्डाएर गए ।
  • कोहि आए, प्राइस ड्याग हेरे, सुमसुम्याए खल्ती छामे र फर्केर हेर्दै गए ।

-नवीन प्यासी

वर्षौँदेखी
व्यस्त पसलको ठिक ढोका सामुन्ने
ह्याङ्गरमा झुण्डिएको छ एउटा टिसर्ट ।

कोही आए ट्राइ गरे
साइज मिलेन र फुकालेर त्यहीँ झुण्डाएर गए ।
कोहि आए, प्राइस ड्याग हेरे, सुमसुम्याए
खल्ती छामे र फर्केर हेर्दै गए ।
कोहि लठ्ठी टेक्दै-टेक्दै आए, परैबाट नियालेर हेरे
केही सम्झिए जस्तो गरे र खोक्दै-खोक्दै गए ।

कोही आए हातमा गुलाफ बोकेर
ओल्टाइल्टाइ गरे र कलर मन परेन भनेर गए ।
कोहि आए, मन पराए
मुल्यमा सम्झौता हुन सकेन र त्यहीँ छाडेर गए ।

वर्षौँदेखी
व्यस्त पसलको ठिक ढोका सामुन्ने
ह्याङ्गरमा खुण्डिएको छ एउटा टिसर्ट ।

ऊ बारबार कुचीले धुलो टक्टकाइरहन्छ
मानौँ, ऊ ऐना हेर्न बिर्सिगएको युवती हो ।
घरिघरि बतासका मिठो स्पर्शहरुसँग तर्सिन्छ
मानौँ, ऊ कसैले छोडिगएको अधुरो प्रेम हो।

कहिलेकाही कलिलो घाम टुप्लुक्क आइदिन्छ
र गिज्याएर गइदिन्छ
मानौँ, ऊ बाह्रखरी पढिरहेको वृद्ध मानिस हो ।

तीनपटक घटिसक्यो उसको -बिक्री मुल्य ।

वर्षौँदेखी
व्यस्त पसलको ठिक ढोका सामुन्ने
ह्याङ्गरमा झुन्डिएको छ एउटा टिसर्ट ।

उसँग रहरहरुको बगैँचा नै थियो-

कसैको जिउमा सजिएर नजरहरुबाट सताइमाग्ने
कसैको जिउमा सजिएर प्रशंसाको तलाउमा चुर्लुम्म डुब्ने
कसैको जिउमा सजिएर पत्रिकाहरुको फ्रन्ट पेजमा देखिने ।

ती सब रहरहरुले क्रमश: आत्महत्या गरिसके ।

वर्षौँदेखी
व्यस्त पसलको ठिक ढोका सामुन्ने
ह्याङ्गरमा झुन्डिएको छ एउटा टिसर्ट ।

झुण्डिरहेछ ऊ
मानचित्रबाट गायब देशको नागरिकता झैँ झुण्डिरहेछ ।

उसलाई थाहा छ
ऊ बिक्री हुन नसक्ने पसलभरिकै पुरानो र अन्तिम पिस हो ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चमेलियाबाट जलविद्युत् उत्पादन शुरु
चमेलियाबाट जलविद्युत् उत्पादन शुरु
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
डेढ दशकदेखि बाढीपीडितको जङ्गलमै बास
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि…
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
चकलेट र गाडी व्यापारीको चंगुलमा अर्थमन्त्री खतिवडा !
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
प्रधानमन्त्रीले असहयोग गरेका राउटेहरुलाई पुन र शेर्पाले गरे सहयोग
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने

तपाईंले छुटाउनुभयो कि?