सोमबारसम्म जे पनि हुन सक्छ – जिदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सोमबारसम्म जे पनि हुन सक्छ – जिदान

सारांश

  • काठमाडौं।
  • रियल मड्रिडका कोच जिनेदिन जिदानले रियलको यो सिजनको लागि ट्रान्सफरको काम अझै पूरा नभएको र अझै थप खेलाडीको ट्रान्सफर हुन सक्ने संकेत गरेका छन् ।
  • ट्रान्सफर विन्डो भोलि सोमबार बन्द हुँदैछ ।

काठमाडौं। रियल मड्रिडका कोच जिनेदिन जिदानले रियलको यो सिजनको लागि ट्रान्सफरको काम अझै पूरा नभएको र अझै थप खेलाडीको ट्रान्सफर हुन सक्ने संकेत गरेका छन् । ट्रान्सफर विन्डो भोलि सोमबार बन्द हुँदैछ । रियल यो समयमा १ वा दुई खेलाडी अनुबन्ध गर्न सकिनेमा आशावादी छ ।‘सोमबारसम्म जे पनि हुन सक्छ’ भिल्लारियलसँग खेलअघिको पत्रकार सम्मेलनमा जिदानले भने ‘एउटा बम, २ वटा बम‘ तर महत्वपूर्ण कुरा भोलिको खेल हो ।’ जिदान स्पष्ट रुपमा यो समरमा पउल पोग्बालाई अनुबन्ध गर्न चाहन्थे । पोग्बालाई आफूलाई चाहिएको खेलाडीको रुपमा पहिचान गरिसकेपछि जिदान उनलाई अनुबन्ध गर्न बेताब थिए तर क्लवले यस्तो गरेन । यद्यपि उनी आफ्नो टिमसँग खुसी नै रहेको बताउँछन् ।

‘अन्ततः मसँग भएको टिम यही हो’ उनले भने ‘यी खेलाडीमा म गर्व गर्छु, मेरो लागि यी खेलाडीहरु सर्वोत्कृष्ट छन् ।’ उनले आफ्नो टिमसँग कुनै गुनासो गर्न नसक्ने बताउँदै कुनै पनि कोचले त्यो टिमलाई प्रशिक्षण दिन चाहने दावी गरे । लगातार खेलाडी चोटग्रस्त हुँदा रियललाई निकै नोक्सानी भएको छ र यसले जिदान तनावमा छन् । ‘घाइते खेलाडी देख्दा म खुसी हुन सक्दिन’ उनले भने ‘तर यस्ता कुराहरु हुन्छन्, अरु टिममा पनि हुन्छन् । मलाई आशा छ उनीहरु छिटै ठिक हुनेछन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
प्रदेश न ३ को आर्थिक बिधेयक सर्बसम्मतिले पारित
प्रदेश न ३ को आर्थिक बिधेयक सर्बसम्मतिले पारित
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
रवि लामिछानेविरुद्ध उत्रिए दिल निसानी मगर ! आखिर किन ?
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
महाकाली राजमार्ग पुनः सञ्चालनमा
महाकाली राजमार्ग पुनः सञ्चालनमा
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले