स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
स्कुल नआएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्मम कुटपिट

सारांश

  • काठमाडौं, ६ फागुन – गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् ।
  • विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् ।
  • पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।

काठमाडौं, ६ फागुन – गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा भवानिश्वर गौतमले खबर लेखेका छन् ।

कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको आैँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए । हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो ।

काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन् । ‘साथीहरूले आमा बिरामी भएर नआएको हो, नकुट्नुस्भन्दा आमा बिरामी भनेर स्कुल नआउन पाइन्छ भन्दै कुट्नुभयो,’ पीडित कार्कीले भने । काका सूर्यबहादुरले सुपारे विद्यालय आउन नपाएको भन्दै उनका साथीहरूलाई स्कुलमा चिठी पठाए पनि शिक्षक तिमल्सिनाले कुटपिट गरेको बताए ।

ढिला गरेको भए हातै काट्नुपथ्र्यौ : चिकित्सक
कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा. दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताए । ‘सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,’ डा. श्रेष्ठले भने, ‘पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ । अहिलेसम्म एक रुपैयाँ पनि लिएको छैन ।’ ठोक्किएर वा कुटपिटबाट मात्र यस्तो अवस्था आउने उनले बताए ।

कारबाही गर्न उजुरी
विद्यार्थी कार्कीका आफन्तले कुटपिट गर्ने शिक्षक तिमल्सिनालाई कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका थिए । कालीमाटीले गोरखा प्रहरीलाई कारबाहीका लागि जानकारी गराएको छ । आरुघाट गाउँपालिका मान्बुका प्रहरी हवल्दार टोपबहादुर थापाले शिक्षकले कुटपिट गरेको बताउँदै विद्यालय खर्च बेहोर्न सहमत भएको बताए । उनका अनुसार शिक्षकले विद्यार्थीको पाता (ढाड) मा हान्दा हातले रोक्न खोजेको र त्यही बेला औँलामा लागेर समस्या भएको भन्ने बुझिएको जानकारी दिए । शिक्षक काठमाडौं गएको र फर्केपछि छानबिन हुने उनले बताए ।

बदनाम गराउन खोजियो : प्रधानाध्यापक
विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले आफ्नो विद्यालयलाई बदनाम गराउन खोजिएको दाबी गरे । शिक्षकले ढाडमा कुटेको र हातमा समस्या देखिएको आरोप लगाएपछि घटना शंकास्पद भएको उनको भनाइ छ । १९ माघको घटना २३ गते मात्र जानकारी भएको कार्कीले बताए । विद्यार्थीले शिक्षकले कुटेर समस्या भएको भन्दै कहीँ पनि उजुरी नगरेको उनको दाबी छ । उपचारका लागि काठमाडौं पुगेपछि धम्काउने शैलीमा खर्च बेहोर्न र शिक्षक निकाल्न फोन आउने गरेको बताए । ‘विद्यार्थी हाम्रो हो, बाबुले उपचार नगरे हामीले गर्छौं, तर, तुरुन्त एक लाख चाहियो भन्दै धम्काउनु भएन, सुपारे भाइले सरले मलाई ढाडमा कुटेको भनेका छन्,’ प्रधानाध्यापक कार्कीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
अध्यक्ष ओलीले भनेः कानूनी जटिलता विकासको अवरोध बनेको छ
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा  यस्तो रह्यो पहिलो अनुभव !
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा यस्तो रह्यो पहिलो अनुभव !
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
राष्ट्रियसभा पूर्ण एकल संक्रमणीय नहुने
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी
चिनियाहरु पढ्न किन समुद्रपार जान थाले ?
चिनियाहरु पढ्न किन समुद्रपार जान थाले ?
राजमार्गकेन्द्रित आन्दोलनमा पत्रकारहरुमाथि अभद्र व्यवहार
राजमार्गकेन्द्रित आन्दोलनमा पत्रकारहरुमाथि अभद्र व्यवहार
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु

तपाईंले छुटाउनुभयो कि?