किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?

सारांश

  • काठमाडौं, २५ साउन ।
  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
  • केही दिन अगाडि राजपाका अध्यक्ष ठाकुरसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।

काठमाडौं, २५ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । केही दिन अगाडि राजपाका अध्यक्ष ठाकुरसहितका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए । माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीले आश्वासन दिएपनि पूरा नगरेको आरोप छ।

ठाकुरले माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न खोजेका छन् । ठाकुरलाई ओलीले समय नदिएको उच्च स्रोतले जनाएको छ । संयोजक ठाकुरले तीन दिन अगाडि प्रधानमन्त्री ओलीलाई भेट्ने प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीले समय नदिएपछि पुनः मंगलबार ओलीलाई भेट्न ठाकुर एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए । मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए ।

भोलिपल्ट ठाकुरले अध्यक्षमण्डलको बैठक पनि बोलाए । बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।बुधवार अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए ।

यसका लागि उनीहरूले प्रधानमन्त्री ओलीसँग समय पनि मागे । तर, प्रधानमन्त्री ओलीले बुधबार समय दिएनन् । बिहीबार समय दिने आश्वासन प्रधानमन्त्री ओलीका सहयोगीले नेताहरूलाई दिएका थिए । ओलीले ठाकुरलाई बिहीबार पनि उनले समय नदिएको स्रोतले जनाएको छ । शनिबार मात्र प्रधानमन्त्री ओलीले समय दिने आश्वासन दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले शनिवार समय दिने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
एमाले माओवादी गठबन्धन भत्काउँदै पाल्पाको रामपुरमा कांग्रेसले जीत्यो
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
माधव नेपाल कसैसँग डराउँदैन, काम्दैन र सम्झौता गर्दैन
माधव नेपाल कसैसँग डराउँदैन, काम्दैन र सम्झौता गर्दैन
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
जेठमा सर्‍यो जसपाको विधान अधिवेशन
जेठमा सर्‍यो जसपाको विधान अधिवेशन
ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत
ओलीको सुरक्षा कटौती गरेर सरकारले गम्भीर त्रुटी गर्‍याे : महेश बस्नेत