जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी

सारांश

  • गोरखा: जिल्ला समन्वय समिति गोरखाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट मात्र मनोनयन दर्ता परेको छ।
  • कांग्रेसका तर्फबाट नौ जनाले मनोनयन दर्ता गराएका छन्।
  • नौ सदस्यीय समितिमा कांग्रेसका तर्फबाट सभापतिमा अशोक कुमार गुरुङ, उपसभापतिमा जनुका अधिकारीले मनोनयन दर्ता गराएका छन् भने सदस्यहरुमा उजेली माया रानामगर, इन्द्र गुरुङ, लक्ष्मी थापामगर, छेवाङ घ्याल्चेन लामा, राजु गुरुङ, मानप्रसाद धिताल, तेजबहादुर बरामले मनोनयन दर्ता गराएका छन्।

गोरखा: जिल्ला समन्वय समिति गोरखाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट मात्र मनोनयन दर्ता परेको छ। कांग्रेसका तर्फबाट नौ जनाले मनोनयन दर्ता गराएका छन्।

नौ सदस्यीय समितिमा कांग्रेसका तर्फबाट सभापतिमा अशोक कुमार गुरुङ, उपसभापतिमा जनुका अधिकारीले मनोनयन दर्ता गराएका छन् भने सदस्यहरुमा उजेली माया रानामगर, इन्द्र गुरुङ, लक्ष्मी थापामगर, छेवाङ घ्याल्चेन लामा, राजु गुरुङ, मानप्रसाद धिताल, तेजबहादुर बरामले मनोनयन दर्ता गराएका छन्।

२२ मतदाता रहेकोमा १६ जना कांग्रेसका छन् भने ६ जना नेकपा माओवादी केन्द्र निकट रहेका छन्। एमाले भने गोरखामा शुन्य भएको थियो। कांग्रेसको एकल बहुमत छ।

जिल्ला समन्वय समितिको कार्यसमिति चयनका लागि प्रत्येक स्थानीय तहबाट दुई जना मतदाता (प्रमुख र उपप्रमुख) रहने प्रावधान छ। ११ स्थानीय तह रहेको गोरखामा नौ तह कांग्रेसले जितेको थियो भने दुई तहमा माओवादी केन्द्र विजयी भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?