स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
३७ पटक हेरिएको
Shares
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, २ भदाै ।
  • कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका तिन स्थानिय तह प्रविधी मैत्री भएका छन ।
  • सुशासन पारदर्शिताको लागी तहले प्रदान गर्ने सेवा सुविधा चुस्त दुस्त पार्न कार्यलयमा निगरानीको लागि सिसि टिभी क्यामरा जडान भएको छ ।

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा, २ भदाै । कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेका तिन स्थानिय तह प्रविधी मैत्री भएका छन । सुशासन पारदर्शिताको लागी तहले प्रदान गर्ने सेवा सुविधा चुस्त दुस्त पार्न कार्यलयमा निगरानीको लागि सिसि टिभी क्यामरा जडान भएको छ ।कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीको काममा कर्मचारीहरुले ढिलासुस्ती र आनिकानी गर्छन भन्ने बढ्दो जनगुनासोलाई कम गर्न र सेवीग्राहीको सेवालाई पारदर्शी बनाउन सिसिटिभी क्यामरा जडान गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए ।

नगरपालिकाले विभिन्न शाखाहरुको निगरानी गर्न नगर प्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा मनिटर राखिएको छ । शिवराज नगरपालिका कार्यालयमा विभिन्न शाखा र बाहिर प्रङ्गगण सम्मको निगरानी हुने गरी १६ वटा सिसि टिभी क्यामरा कारिब ४ लाखको लागतमा जडान गरिएको छ । क्यामरा जडान पश्चात कर्मचारीले सेवाग्रहीको कामकाज चुस्त दुस्त रुपम गरे नगरेको निगरानी गर्न सजिलो भएको र सेवाग्राहीले पनि क्यामराको निगरानी छ भन्ने थाहा पाएपछि कार्यालय भित्र जथाभावि फोहोर गर्ने जस्तामा काममा कमि आएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

त्यस्तै विजयनगर गाउपालिकामा पनि सिसिटिभि क्यामरावाट निगरानी गरीएको छ । गाउपालिका क्षेत्र भित्र हुनसक्ने अपराधिक गतिविधि,अवैध चोरी तस्करी नियन्त्रण गर्न सिसिटिभि जडान गर्नुपरेको गाउपलिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले वताए । गाउपालिकाको कार्यलय परिशरमा ५ वटा क्यामरा जडान गरीएको चौधरीले वताए ।छुटा छुटै भवन भएकोले सम्पुर्ण ठाउँमा जडान गर्नु समस्या भएको अधिकृत चौधरीको भनाई रहेको छ । त्यस्तै सिमानाका रहेको कृष्णनगर नगरपालिकामा पनि सिसिटिभि क्यामरा राखिएको छ ।नगर कार्यलयका विभिन्न साखा गरी ८ वटा क्यामरा राखीएको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले वताए । कुन कर्मचारीले के गरिरहेको छ भन्ने सिधै देख्न पाउने भएकोले जनताको काममा ढिलासुस्ती नहुने अर्यालको भनाई रहेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय चन्द्रौटा, इलाका प्रशासन कार्यालय चन्द्रौटामा पनि जडान गरिएको छ । वडा प्रहरी कार्यालयमा अपराध अनुुसन्धानमा सहज होस भनि चन्द्रौटा बजार क्षेत्रलाई निगरानी गर्न बजारको चोकमा पनि क्यामरा जडान गरेको छ । कर्मचारीले सेवाग्रहीलाई छिटो छरितो तबरले सेवा नदिने पहिले आएको सेवा ग्राहीको पालो मिचेर पछि आएको सेवाग्राहीको काम छिटो गरिदिने , अनियमितता जस्ता जनगुनासो बढेपछि कार्यालयको काम काज र जनताले पाउने सेवा सुविधालाई चुस्त दरुस्त पार्न कार्यालयमा ५ वटा क्यामरा २लाख ३३ हजारको लागतमा जडान गरिएको ईलाका प्रशासन कार्यलय चन्द्रौटाका साखा अधिकृत जगदिश अर्यालले वताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?