उडिसामा अभिनद्ध मञ्चन हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
३० पटक हेरिएको
Shares
उडिसामा अभिनद्ध मञ्चन हुँदै

सारांश

  • काठमाडौं ।
  • भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ ।
  • कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए ।

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए ।

लम्सालले भने, ‘यो पटक हामीले अलिकति फरक किसिमले नाटक तयार पारेका छौँ । फरकफरक नाट्यसंस्थाहरुको प्रतिनिधित्व रहने गरेर काठमा डौ र काठमाडौं बाहिरको रंगकर्मलाई जोड्ने प्रयत्न गरेका छौँ ।’

अभिनद्धमा तीनवटा नाट्यसंस्थाको सहभागिता रहेको छ । आदिइत्यादि समुह काठमाडौं, ओजास थिएटर काठमाडौं र गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँ मिलेर नाटक तयार पारिएको हो ।

हामीले सहकार्यको एउटा प्रयास गर्न खोजेका छौँ । ओजास थिएटरका निर्देशक सागर कार्कीले भने, ‘यो प्रयासले नाटकघर हुने नाट्य संस्था र नहुने नाट्य संस्था बीचमा सहकार्यको वातावरण निर्माण हुने विश्वास लिएका छौँ ।’

काठमाडाैं बाहिर रहेर रंगकर्म गरिरहेका हामीलाई विदेशमा हुने नाट्य महोत्सवसम्म जाेडिनु पनि ठूलै उपलब्धि हो । गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकास अधिकारीले भने,’हामीले यसबाट धेरै कुरा सिक्न पनि पाउने छौँ । ‘

तीनवटै नाट्य संस्थासम्बद्ध कलाकारहरुको संलग्नता रहेको नाटकमा, सुशीलसिंह ठकुरी, सविना गोपाली, सागर कार्की, रविन तामाङ, आकाश अधिकारी, उषा केसी र अस्मिता खनालको अभिनय रहेको छ । नाटकमा कवि सरस्वती तिमल्सिनाको कविता रहेको छ भने नाटकको संगीत संयोजन नारायण दंगालले गरेका छन् । नाटक मञ्चनका लागि मोहन बतास फाउण्डेसन तनहुँले सहयोग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
नेपाली काग्रेसले गुल्मीमा विजयी शुरुवात गरेको छ ।
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
एसएसबीद्वारा नेपाली हत्या प्रकरणः नेपाल प्रहरीको पेस्तोल हराएको दाबी
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
काम नगरी समय बिताउने राष्ट्रसेवक होइनन्ः लालबाबु पण्डित
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
तरकारी र फलफूल खेतीका लागि प्रख्यात कपुरकोटमा दुई स्थानीय सरकारका प्रमुख
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
प्रदेश २ र ५ मा आजदेखि श्रम, रोजगारसम्बन्धी सेवा शुरु
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए
एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी
एन्फाको कार्यसमिति सदस्यमा शेर्पाको प्यानलै विजयी
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

तपाईंले छुटाउनुभयो कि?