आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
आर्थिक विकास र समृद्धि आजको आवश्यकता: मन्त्री राई

सारांश

  • काठमाडौँ ।
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताउनुभएको छ।
  • उहाँले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राख्नुभयो।

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताउनुभएको छ। उहाँले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राख्नुभयो।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको तमु सोनाम तथा ग्याल्वो ल्होछार शुभकामना कार्यक्रममा मन्त्री राईले देश माथि उठाउन सबैजना एक हुनुपर्ने बताउनुभयो । नेपाल बहुजाति र बहुभाषी देश भएकाले यो देश माथि उठाउन धर्म तथा संस्कृतिलाई बचाउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘चार्डपर्व मनाउँदा हिजोको तुलनामा अझ राम्रो र व्यवस्थित ढङ्गले मनाउँदै आएका छौँ । सबैजना रमाउँदै आएका छौँ । चाड मनाउँदा पनि हामीले आर्थिक रूपान्तरण गर्नुपर्छ । स्थानीय उत्पादनलाई राष्ट्रियरूपमा बजारीकरण गर्नु आजको आवश्यकता हो, त्यसतर्फ हामीले ध्यान दिनुपर्छ ।’

बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले नयाँ संस्कार र संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा देखेपछि मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा नगरपालिका जागरुक बनेको बताउनुभयो । उहाँले हाम्रा संस्कार संस्कृतिहरू समाजका नागरिकको जीवन पद्धतिको तरिका रहेको भन्दै सबैले आ-आफ्ना संस्कृति, संस्कार मान्यताको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम संयोजक तथा नगर उपप्रमुख अनिता लामाले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा आफ्ना परम्परागत संस्कृति लोप हुन नदिन नगरपालिकाले कार्यक्रम आयोजना गरेको बताउनुभयो । धर्म र संस्कृतिलाई राष्ट्रिय पूँजी बनाउनु पर्ने उपप्रमुख लामाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?