स्थानीयले पिपल फाल्न नदिएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
स्थानीयले पिपल फाल्न नदिएपछि…

सारांश

  • काठमाडौँ।
  • वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ ।
  • यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो ।

काठमाडौँ। वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ ।

“रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भने, “स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो ।”

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ । पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको वडाध्यक्ष रावतले बताए।

“विगतमा सडक छेउ रहेको पिपल सडक बिस्तारका क्रममा बीच भागमा पुगेको छ”, उनले भने, “सडक बिस्तारपछि सडक पाँच मिटरबाट १० मिटर बनाइएको छ ।”

तुलसीपुर उपमहानगरपालिका–८ को कृष्ण मन्दिरदेखि पश्चिम टिकरीतर्फ जाने सडकमा पनि सडकबीचमै पोल राखेर कालोपत्र गरिएको छ । सडकको बीचमा पर्ने पोल हटाउनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावका कारण पोल हटाउन नसकिएको तुलसीपुरस्थित विद्युत् कार्यालये जनाएको छ ।

“हामीसँग सडकबीचमा रहेका पोल हटाउन बजेट हुँदैन । सम्बन्धित कार्यालयले पोल हटाउन बजेट छुट¥याएर काम गर्ने हो”, विद्युत् कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भने । सडकका पोल हटाउन पनि केन्द्रबाट अनुमति लिनुपर्ने उनको भनाइ छ ।

“सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने गरिएकाले यस्तो समस्या आएको हो । पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो”, उनले भने ।

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । तुलसीपुर–८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताए । “हामी बानी परेकालाई त केही हुँदैन”, उनले भने, “नयाँ मानिसलाई सवारीसाधन चलाउन समस्या हुन्छ, पोलमा ठोक्किने सम्भावना हुन्छ ।”

(firework.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?
माओवादी केन्द्रले डाक्यो बैठक, यस्तो छ छलफलको विषय ?
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
असार २ गते मंगलबारको राशिफल यस्तो छ
असार २ गते मंगलबारको राशिफल यस्तो छ
पहिला जोसँग हारे अहिले उसैलाई हराए
पहिला जोसँग हारे अहिले उसैलाई हराए
बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी
बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले
खेलाडीहरुको सम्मानमा यस्ताे सम्म् गर्याे क्रोएसियाको मन्त्रिपरिषदले
समृद्धिका लागि चियाखेती र पर्यटन
समृद्धिका लागि चियाखेती र पर्यटन

तपाईंले छुटाउनुभयो कि?