एमालेमा ७० वर्ष उमेरहद हटाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
एमालेमा ७० वर्ष उमेरहद हटाइयो

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ ।
  • पार्टीको केन्द्रीय कार्यालय सचिव डा.

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए ।

यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो ।

यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो । अन्तरपार्टी निर्देशन–७ को विविध निर्णयअन्तर्गत् केन्द्रीय कमिटीको उमेर हदसम्बन्धी व्यवस्थामा ‘पार्टी विधानमा रहेको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने’ उल्लेख गरिएको हो ।

गत २०७० मा भएको नवौं महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि लाई ७० वर्ष उमेर हदबन्दी लागू गरिएको थियो । पार्टीले सचिवालय बैठक, स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकका निर्णय समावेश गरेर यो अन्तरपार्टी निर्देशन–७ जारी गरेको हो ।

यसैगरी अन्तरपार्टी निर्देशनमा पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी पनि हेरफेर गरिएको छ । अन्तरपार्टी निर्देशनमा सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने उल्लेख गरिएको छ । असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाउने उल्लेख गरिएको छ ।

यसैगरी प्रदेश कमिटीको कामको महत्वलाई ध्यानमा राखी अब निर्वाचित हुने सात प्रदेशका अध्यक्ष पदेन पोलिटब्यूरोसदस्य सरह हुने र केन्द्रीय कार्यालय सचिवलाई पदेन केन्द्रीय सदस्यको रूपमा बैठकमा सहभागी गराइने अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान सञ्चालन गर्ने र त्यसका लागि अधिवेशन र पुनःगठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एक तिहाई सदस्य ३५ वर्ष मुनिका पार्टी सदस्यलाई सङ्गठित गर्नेगरी युवालक्षित अभियान सञ्चालन गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिने बढे
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
जापानका विदेशमन्त्री कोनो नेपाल आउदै
जापानका विदेशमन्त्री कोनो नेपाल आउदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
गुठीयारको दोस्रो चरणको आन्दोलन कस्तो होला ?
गुठीयारको दोस्रो चरणको आन्दोलन कस्तो होला ?
नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
औषधि र उपकरण किन्दा यस्तो मनपरि
औषधि र उपकरण किन्दा यस्तो मनपरि

तपाईंले छुटाउनुभयो कि?