स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न

सारांश

  • काठमाडौं।
  • ‘शिक्षक पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।
  • मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृदि नभएसम्म गुणस्तरिय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पारे।

काठमाडौं। ‘शिक्षक पेशाको अभिवृद्धि राज्यको अपेक्षाकृत समृद्धि’ भन्ने मूल नाराका साथ स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्थायी हकहित मञ्चले गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृदि नभएसम्म गुणस्तरिय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पारे।
सामुदायिक बिद्यालयमा भएका कमिकमजोरीहरुको दोष शिक्षकमाथि लगाउनु गलत रहेकोे भन्दै उनले क्षैशिक जगतमा योग्य ब्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राज्यले लिनुपर्ने बताए ।
हाल शिक्षक बढुवा, सरुवा तथा नियुत्ति राजनैतिक बर्गीकरणका आधारमा भईरहको बताउँदै उनले शिक्षा क्षेत्रलाई दवादमुक्त बनाउनुपर्ने सुझाव अघि सारे ।
आफुहरुले आफ्ना नानीबाबुहरुलाई सरकारी बिद्यालयमा पढाईरहेको र निजी बिद्यालयमा अध्ययन गरिरहेका सरकारी शिक्षकका छोरा–छोरीहरुलाई पनि सामुदायिक बिद्यालयमा फर्काउनुपर्ने उनको भनाई छ । उनले भने,‘यसमा जनप्रतिनिधि र नीति निर्माताहरुले पनि सहभागी हुनुपर्छ ।’
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकहरुको पेशागत अभिबृद्धि र पेशालाई मर्यादित बनाउन राज्यले उपयुक्त नीति अवलम्बन गर्नुपर्नेपनि उनको भनाई छ ।
राज्यकोे नीति निमार्णको कार्यसम्पादन कमजोर रहेको भन्दै उनले दिर्घकालिन सोचका साथ नीति निमार्ण गरि त्यसको तत्काल कार्यन्वयनका लागि पनि उनको आग्रह थियो ।
नेपाल सरकारले मदजुरहरुलाई न्युनतम मासिक तवल १३००० घोषणा गरेतापनि बिद्यालयको बालविकासमा कार्यरत स.का.को मासिक तवल ६००० निर्धारण गरेकोप्रति उनको घोर आपत्ति रहेको छ ।
विद्यमान शैक्षिक कमिकमजोरीलाई निराकरण गर्न शिक्षक महासंघका अध्यक्ष बावुराम थापालाई जिम्मेवारीपुर्वक अभिभावकत्व ग्रहण गर्न पनि उनले आग्रह गरे ।
उनले भने,‘यो शैक्षिक आन्दोलन नितान्त शैक्षिक गुणस्तर अभिबृद्धि र पेशागत अभिबृद्धि भएको हुँदा प्राप्त उपलब्धिको रक्षा गर्दे थप उपलब्धिको लागि संगठित भएका हौं ।’
त्यस्तै कार्यक्रममा बोल्दै मञ्चका सल्लाहकार राजेन्द्र अधिकारीले आफ्ना पेशा संकटमा रहेकाहरु आफ्ना मागहरुप्रति बलिया बन्दै गरेको आरोप लगाए ।
आफुहरु आफ्ना हक र अधिकारका लागि संगठनमा जोडिएको भन्दै उनले संगठनको गठन प्रक्रिया ४० जिल्लाहरुमा सम्पन्न भैसकेको र पहिलो राष्ट्रिय भेला सम्पन्नपश्चात् ७७ ओटै जिल्लामा गठन गरिनेपनि जानकारी गराए ।
यसअघि शिक्षक महासंघ, शिक्षक संघ र शिक्षक युनियनमा रहेर काम गरिसकेको बताउदै उनले आफुहरुले पेशालाई मर्यादित बनाउन बिद्यालय र विद्यार्थीमैत्री बन्नुपर्नेमा पनि उनको जोड  छ ।
आफुहरुले विद्यालयप्रति जिम्मेदार रहेर काम गरिरहेको र सरकारले त्यसको उपयुक्त मुल्याङकन नगरेको उनको गुनासो छ । राजनैतिक रुपमा शिक्षकहरु बिभाजित नभई आफ्नो अधिकारको लागि पेशागत रुपमा संगठित हुनुपर्ने आवश्यकत्ता औंल्याए ।
उनले अहिलेसम्मका संगठित समितिहरुले सोचेअनुरुप काम नगरेकोे बताउदै उनले अब आ–आफ्नो ठाउँबाट सबैले बलियो सम्बन्ध बनाउन आवश्यक रहेको स्पष्ट पारे ।
त्यस्तै कार्यक्रममा बोल्दै जनपद मा.वि. कलंकीमा कार्यरत शिक्षिका मञ्जु बस्नेतले राज्यले बिद्यालयमा पर्याप्त श्रोत–साधनको उपलब्धतामा जोड दिनुपर्ने धारणा ब्यक्त गरिन् ।
बिद्यार्थीले कम श्रेणी ल्याउनुमा शिक्षकलेमात्र नभएर राज्यलेपनि जिम्मेवारी लिनुपर्ने उनको धारणा थियो । सामुदायिक बिद्यालयहरु निजी बिद्यालयभन्दा कम गुणस्तरीय नभएको भन्दै उनले औसत रुपमा नहेर्न सबैलाई अनुरोध गरिन् ।
शिक्षकहरुमा पनि दर्जाको अवस्था रहेको भन्दै उनले त्यस्तो नीति तथा भेदभावको पनि अन्त्य हुनुपर्नेमा जोड दिईन ।
कर्मचारीहरुजस्तै शिक्षकहरुलाई पनि बिभिन्न देशको भ्रमण तथा तालिममा जान पाउने ब्यवस्था हुनुपर्ने उनको धारणा थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सुनादेवी मा.बि.डोटीका शिक्षक जयकृष्ण जोशीले शिक्षक सेवा आयोगलाई राज्यको संवैधानिक अगंका रुपमा बनाउनुपर्ने माग राखेका छन ।
आफुहरु कुनै शिक्षक संघ तथा समितीहरुकोबिरुद्ध नभएको र नेपालमा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउदै आएका आफुहरुकोपनि अधिकारमा सरकारले ध्यान दिनुपर्ने बताए ।
आफुहरुले शैशिक गुणस्तर बढाउनमा राज्यलाई सहयोग गरिरहेको बताउँदै उनले शिक्षकको पेशागत हकहित र बिद्यालयको हकहितको लागि काम गरिहेको पनि उनको भनाई छ ।
उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पेशागत अभिवृद्धि  र पेशालाई मार्यादित बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?