पूर्वी युक्रेनमा हिंसा रोकिएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • कीभ (युक्रेन), ५ भदौ ।
  • युक्रेनका एकजना सरकारी अधिकारीको बिहीबार गोली हानी हत्या गरिएको समाचार छ ।
  • युक्रेनको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

कीभ (युक्रेन), ५ भदौ । युक्रेनका एकजना सरकारी अधिकारीको बिहीबार गोली हानी हत्या गरिएको समाचार छ । युक्रेनको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “रक्षा मन्त्रालयका एकजना अधिकारीको हत्या भएको छ, तर त्यसमा संलग्नको बारे केही खुलेको छैन ।

यसअघि पनि केही हप्तामात्र अघि यहाँका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको हत्या गरिएको थियो । उहाँलाई कार बम विस्फोटमा पारेर हत्या गरिएको थियो ।

सोमबार हत्या भएका ती अधिकारीको पहिचान खुलाइएको छैन । उनको हत्यामा यहाँ विद्रोह गरिरहेका सशस्त्र समूहको हात रहेको अनुमान गरिएको छ ।

हत्या उनको निवास रहेको युक्रेनी पूर्वीक्षेत्र डोन्टस्कमा गरिएको छ । महिनादिन यता नै उक्त क्षेत्रमा दुई जना गुप्तचर अधिकारी मारिएका छन् ।

युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै पूर्वी युक्रेनमा भएको द्वन्द्वमा खटिएका अधिकारीको हत्या भएको जनाएका छन् ।

गत महिना युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा तत्काकै युद्धविराम गरेर समस्याको समाधान वार्ताबाट थाल्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?