स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
सारांश
- म्याड्रिड,२१ माघ ।
- स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।
- भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो ।
म्याड्रिड,२१ माघ । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार समाचारदाताहरुसँग सो जानकारी दिनुभएको जनाइएको छ । उहाँले समाचारदाताहरुसँग भन्नुभयो– स्पेन सरकारले भेनेजुएलाका नेता गुइदोलाई देशको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ र जतिसक्दो चाँडै उनले नयाँ निर्वाचन गराउने विश्वास पनि लिएको छ । एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया