पत्नीको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पत्नीको उपचारका लागि अमेरिका जाँदै प्रचण्ड

सारांश

  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ अमेरिका जाने भएका छन् ।
  • पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीलाई उपचारका लागि अमेरिका लैजान लागिएको हो ।
  • यसअघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ अमेरिका जाने भएका छन् ।
पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीलाई उपचारका लागि अमेरिका लैजान लागिएको हो ।
यसअघि सीताको उपचार भारत र सिंगापुरमा भए पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सकेको छैन ।
अध्यक्ष दाहाल र पत्नी सीताका साथ उनका छोरीज्वाइँ गंगा र जीवन पनि सँगै अमेरिका जाने भएका छन् ।

पत्नी सीताको उपचारका लागि दाहाल करिब २ महिना अघि नै अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा दिएको विवादास्पद वक्तव्य भएको तीव्र आलोचनाका कारण उनले अमेरिका जाने कार्यक्रम सार्दै आएका थिए । तर नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले दाहालको निवासमै भेटेर सहजीकरण गरिदिए पछि उनी अमेरिका जान लागेका हुन् ।

मानव अधिकार उल्लंघनको आरोपमा कारबाही हुने आशंकाका कारण दाहाल लगायतको अमेरिका लगायत युरोपका केही मुलुकको यात्रा टार्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?