जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन

सारांश

  • सर्लाही, २९ भदौ ।
  • जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ ।
  • खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४÷७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताए ।

सर्लाही, २९ भदौ । जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ ।खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४÷७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रकुमार यादवले बताए ।साविक मलंगवाका आधिकांशले आफै शौचालय बनाएका छन् । अहिले थपिएको मलंगवा नगरपालिकाको ग्रामिण क्षेत्रमा केही समस्या थियो । जनप्रतिनिधि आएपछि शौचालयको नाउँमा आफ्नो नजिकका केही व्यक्तिलाई शौचालयका लागि रिङ वितरण गरिए पनि त्यो रिङसमेत उपयोगमा आउन सकेको मलंगवा–८ का सुभाष गुप्ताले उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रमका लागि छुट्याइएको रकम दुरुपयोग गर्न झुटा कागजात तयार गरिएको र केही व्यक्तिलाई वितरण गरिएको रिङ पनि गुणस्तरहिन रहेको उहाँको भनाइ थियो ।समाजमा चेतनाको अभाव र नगरपालिकाको कमजोरीका कारण सदरमुकाम खुला दिसामुक्त हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख जग्गनाथ पुर्वेले बताउनुभयो । पहिलेदेखि नै मलंगवालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न चुनौती थियो । नयाँ संरचनानुसार अझ चार गाविस थपिँदा झन समस्या भएको उहाँको भनाइ थियो ।जिल्लाका अन्य स्थानीय निकाय खुला दिसामुक्त हुदाँ पनि सदरमुकाममा पछि परेकामा नगरवासी निराश छन् ।

खुला दिसामुक्तको रकम आफूले अनियमिता नगरेको तर १२ वटै वडालाई रू १० लाख देखि रू १५ लाखसम्म उक्त अभियानका लागि दिइएको नगर प्रमुख निरशल साहले बताउनुभयो ।खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले उक्त नगरपालिकालाई खुला दिसामुक्त गराउनका लागि जोड दिँदा उहाँले यसका लागि ठूलो रकम बिनियोजन गरिएकाले आर्थिक वर्ष २०७४÷०७५ भित्रै कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो तर समय सकिँदा पनि कार्यक्रम कार्यन्वनमा चासो दिइएन । जिल्लाका २० स्थानीय तहमध्ये १० स्थानीय तह खुला दिसामुक्त भईसकेका र १० वटा अझै घोषणा हुन बाँकीरहेकामा सदरमुकाम मलंगवासहित पाँच नगरपालिका र पाँच गाउँपालिका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?