स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
सारांश
- काठमाडाैं ।
- स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले हार व्यहोरेको छ ।
- आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड रियल सोसाइडेडसँग २–० गोलअन्तरले पराजित भयो ।
काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले हार व्यहोरेको छ । आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड रियल सोसाइडेडसँग २–० गोलअन्तरले पराजित भयो ।
रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे । खेलको तेस्रो मिनेटमा नै रियल सोसाइडेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट गोल गर्दै जोसेले रियल सोसाइडेडलाई अग्रता दिलाएका थिए ।
सुरुवाती समयमै दबाबमा आएको रियल म्याड्रिड खेलको दोस्रो हाफमा भने थप दबाबमा आएको थियो । खेलको ६१ औं मिनेटमा रियल म्याड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल म्याड्रिड झनै दबाबमा आएको थियो ।
खेलको ८३ औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए । हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।
प्रतिक्रिया