ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ

सारांश

  • काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियोट्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ।
  • ललितपुरले सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।
  • आइतबार भैहरवा ग्लाडियटर्सविरुद्ध २ सय १५ रन बनाउदा पनि हार बेहोरेको पोखराले सोमबार १ सय ६६ रन डिफेन्ड गर्न सकेन।

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियोट्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ। ललितपुरले सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

आइतबार भैहरवा ग्लाडियटर्सविरुद्ध २ सय १५ रन बनाउदा पनि हार बेहोरेको पोखराले सोमबार १ सय ६६ रन डिफेन्ड गर्न सकेन।

पोखराले दिएको १ सय ६७ को लक्ष्य ललितपुरले १५.५ ओभरमै २ विकेटको क्षतिमा पार गरेको थियो। ललितपुरका लागि जयकिशन कोल्शावालले ५१ रन र गौतम तोमारले ८२ रन जोडे। दुई भारतीय ब्याट्सम्यानबीच पहिलो विकेटका लागि १२.३ ओभरमा १ सय २९ रनको साझेदारी भएको थियो।

कोल्शावालाले ३८ बलमा ४ चौका र ३ छ्क्का हिर्काएका थिए भने म्यान अफ म्याच भएका तोमारले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। सोनु तामाङ ११ रनमा नटआउट जोड्दा सनी पटेलले ८ बलमा १ चौका र २ छ्क्का हिर्काउदै नटआउट २० रन जोडे।

बलिङमा पोखराका पाउल काउलिन र सुसन भारीले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा ४ विकेट गुमाएर १ सय ६६ रन जोड्यो। उसका लागि रिचार्ड लेभीले ८४ रन जोडे। उनका ओपनिङ पार्टनर कप्तान केल कोइट्जरले १९ रन जोडे। लेभीले ३९ बल खेलेर ३ चौका र ९ छक्का प्रहार गरे। विनोद भण्डारीले २३ बलमा नटआउट ३४ रन बटुले। उनले ३ चौका र १ छक्का हिर्काए।

बलिङमा ललितपुरका पवन सराफले ३ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?