माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?

सारांश

  • काठमाडौं।
  • संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार बस्दैछन्।
  • प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो तीन बजे बस्दैछ भने राष्ट्रियसभा बैठक दिउँसो एब बजे बस्दैछ।
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार बस्दैछन्। प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो तीन बजे बस्दैछ भने राष्ट्रियसभा बैठक दिउँसो एब बजे बस्दैछ। 
यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पार्दै आएको थियो। आफ्ना दुई नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले सुरुमा संसद अवरुद्ध पारेको थियो। 
तर, सरकारले यी दुवै अस्पताललाई केन्द्र सरकार माहतलमा ल्याउने निर्णय गरेर प्रमुख प्रतिपक्षको माग पूरा गरिसकेको छ। त्यसपछि कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनको माग गर्दै संसद अवरद्ध पारेको थियो।  प्रमुख प्रतिपक्षको विरोध र अवरोधकाबीच संसदको दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ भने डा. गोविन्द केसीले पनि जारी अनशन तोडेका छन्। 
यस्तो अवस्थामा प्रमुख प्रतिपक्षले आइतबार बस्ने संसद बैठक अवरोध गर्छ की गर्दैन भन्ने चासो छ। 
कांग्रेसले सोमबार देशभर विरोध सभाको आयोजना गर्दैछ। कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई २१ गतेपछि मात्रै संसदको बैठक बोलाउन आग्रह गरेको थियो। 
कांग्रेसले २१ गते आफ्नो मुलुकभर विरोध सभा भएका कारण २१ गतेपछि मात्रै संसद बैठक बोलाउन आग्रह गरेको थियो। तर सभामुखले २० गते नै संसद बैठक बोलाएपछि कांग्रेसले संसद बैठक अवरुद्ध पार्ने संभावना रहेको सांसद पार्वती डिसी चौधरीले बताइन्। कांग्रेसले उठाउँदै आएका माग पूरा भइसकेको अवस्थामा बेठक सुचारु हुने सत्तापक्षले आशा गरेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि
६ वर्षीय बालिका दाजुबाट बलात्कृत !
६ वर्षीय बालिका दाजुबाट बलात्कृत !
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
बझाङमा हिमपहिरामा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै
कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै