नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
सारांश
- बर्लिन ।
- विश्वकप छनोट अन्तर्गतको सोमबार भएको खेलमा जर्मनीले नर्वेमाथि फराकिलो जित हासिल गरेको छ ।
- युरोपियन छनोटको सी समुहमा रहेको जर्मनीले सोमबारको खेलमा ६–० को जित हासिल गरेको हो ।
बर्लिन । विश्वकप छनोट अन्तर्गतको सोमबार भएको खेलमा जर्मनीले नर्वेमाथि फराकिलो जित हासिल गरेको छ । युरोपियन छनोटको सी समुहमा रहेको जर्मनीले सोमबारको खेलमा ६–० को जित हासिल गरेको हो । यससँगै जर्मनीले विश्वकप छनोटमा आफ्नो शतप्रतिशत जितको नतिजा कायम राख्न सफल भएको छ ।
सोमबारको खेलको पहिलो हाफमै जर्मनी ४–० ले अगाडि देखिएको थियो । एकपक्षीय देखिएको खेलको १० औं मिनेटमा नै जर्मनीका मेसट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि जुलियन ड्राक्सलरले अर्को गोल थप्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछि टिमो वेर्नरले पहिलो हाफ सकिनुअघि नै दुई गोल थपेका थिए ।
खेलको दोस्रो हाफको ५० औं मिनेटमा र ७० औं मिनेटमा जर्मनीले दुई गोल थपेको थियो । त्यसपछि खेलमा दुवैपक्षबाट कुनै गोल हुन सकेन र जर्मनीले महत्वपूर्ण जित हासिल गरेको हो । यसै समूहको अर्को खेलमा अजरबैजानले पनि सान मारिनोमाथि ५–१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।
प्रतिक्रिया