स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय

सारांश

  • सरकारले स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न नेपाल बाहिरबाट ल्याइने तरकारी तथा फलफूलको अग्रिम आयकर बृद्धि गरेको छ ।
  • सरकारले बाहिरबाट ल्याइने तरकारी तथा फलफूलमा ४ प्रतिशतले कर बृद्धि गरेको छ ।
  • ५ प्रतिशतमात्रै लाग्दै आएको कर हिजो जारी बजेटमार्फत् ९ प्रतिशत पुर्याइएको हो ।

सरकारले स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न नेपाल बाहिरबाट ल्याइने तरकारी तथा फलफूलको अग्रिम आयकर बृद्धि गरेको छ । सरकारले बाहिरबाट ल्याइने तरकारी तथा फलफूलमा ४ प्रतिशतले कर बृद्धि गरेको छ । ५ प्रतिशतमात्रै लाग्दै आएको कर हिजो जारी बजेटमार्फत् ९ प्रतिशत पुर्याइएको हो । भारत र चीन बाहेक अन्य तेस्रो मुलुकबाट आयात गरिने आलुमा पनि कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ ।

यसरी गरिएको कर बृद्धिले विदेशबाट आयात हुने तरकारी तथा फलफूलको मुल्य बढ्न जाने हुँदा स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित हुन सक्ने भएको छ । करवृद्धिले विदेशी आयात निरुत्साहित गर्न सकिने कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । भारतीय तरकारीले बजार ओगट्ने तर स्वदेशी तरकारी नबिक्ने अवस्थाको अन्त्य गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । आर्थिक ऐनमा भएको व्यवस्था अनुसार बढेको करको कार्यान्वयन शुक्रबारदेखि नै गरिएको छ ।

त्यसैगरी कृषि फार्मलाई चाहिने विभिन्न सामाग्रीहरुमा लगाइदै आएको भन्सार शुल्क पनि घटाइएको छ । जसमध्ये स्प्रे मेसिन, सिँचाईका सामाग्री तथा तरकारी र फलफूलको बीउ, प्लासिक सिटमा लिइदै आएको १० प्रतिशत भन्सार शुल्क १ प्रतिशत बनाइएको छ । लघु र घरेलु उद्योगले ल्याउने मेसिनिरी सामाग्रीको पनि २ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था कायम गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
चिनीको भन्सार दर नबढाउन सर्वोच्चको अन्तरिम आदेश
चिनीको भन्सार दर नबढाउन सर्वोच्चको अन्तरिम आदेश
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
गोरखा २ मा माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता
गच्छदारलाई एमालेकी भगवतीको डर
गच्छदारलाई एमालेकी भगवतीको डर
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
हामी आफ्नो आङ्मा भैसी हिडेको नदेखने तर अर्काको आङ्गमा जुम्रा हिडेको पनि देख्ने – भिडियो सहित
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा

तपाईंले छुटाउनुभयो कि?