सलमान खानलाई ज्यान लिने धम्की दिने पक्राउ
सारांश
- बिग बोसका प्रतिष्पर्धीलाई हटाएर चर्चामा रहेका बलिउड स्टार सलमान खान यतिबेला थप अर्को प्रसंगले चर्चित छन् ।
- उनलाई ज्यान मार्ने धम्की एक युवकले दिए पछि यो समाचारले सनसनी मच्चाएको थियो ।
- तर सलमानलाई ज्यान मार्ने धम्की दिने ती युवक पक्राउ परेका छन् ।
बिग बोसका प्रतिष्पर्धीलाई हटाएर चर्चामा रहेका बलिउड स्टार सलमान खान यतिबेला थप अर्को प्रसंगले चर्चित छन् । उनलाई ज्यान मार्ने धम्की एक युवकले दिए पछि यो समाचारले सनसनी मच्चाएको थियो । तर सलमानलाई ज्यान मार्ने धम्की दिने ती युवक पक्राउ परेका छन् । ज्यान लिने धम्की दिने थिए सलमानकै बडिगार्ड शेरा ।
धम्की दिने सलमानका बडिगार्ड शेरालाई मुम्बई अपराध शाखाले पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार शेरालाई मोबाइल फोन ट्रेसको आधारमा समातिएको थियो ।
क्राइम शाखाले उनको मोबाइललाई ट्रयाकिङ गरेर छापा शैलीमा पक्राउ गरेको अपराध शाखाका अधिकारीहरुले बताएका छन् । प्रहरी अधिकारीका अनुसार उनलाई करिब ३ घण्टाको अवधिमा नियण्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई सिधैं मुम्बइ रवाना गरिएको थियो। युवकविरुद्ध मुम्बइमा ज्यान मार्ने उजुरी समेत दर्ता भएको छ ।
प्रहरीका अनुसार शेराले आफ्ना साथीहरुसँग मिलेर सलमानको हत्या गर्ने योजना बनाइरहेका थिए ।
प्रतिक्रिया